नेपालको लगातार तेस्रो जितसँगै सेमिफाइनलमा प्रवेश – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

नेपालको लगातार तेस्रो जितसँगै सेमिफाइनलमा प्रवेश

 

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ । नेपाल समूह ‘ए’ को अन्तिम खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार समूह ‘ए’ चरणको खेलमा हङकङविरुद्ध आठ विकेटको सहज जित निकालेसँगै नेपालले अन्तिम खेलअगावै अन्तिम–४ को यात्रा निश्चित गरेको हो ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा हङकङले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा ओपनर आसिफ शेखले ४० रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका आसिफले १८ बलमा समान तीन चौका र तीन छक्का प्रहार गरे ।

अर्का ओनपर कुशल भुर्तेलले १९ बलमा तीन चौका र दुई छक्कासहित ३२ रन थपे । यी दुईले पहिलो विकेटका लागि ५.३ ओभरमा ७० रनको साझेदारी गर्दै नेपाललाई बलियो सुरुआत दिलाएका थिए ।

यस्तै, जितसम्म अविजित रहेका कप्तान रोहितकुमार पौडेलले २५ र सन्दीप जोराले १९ रन जोडे । हङकङका एसान खान र यासिम मुर्तजाले एक÷एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको हङकङले १७.५ ओभरमा सबै विकेट गुमाएर ११४ रन बनाएको थियो । वर्षाका कारण खेल करिब एक घण्टा ढिलो सुरु भएपछि निर्धारित २० बाट १८ ओभरमा घटाइएको थियो ।

हङकङका अंशुमन रथले ३४ रन बनाए । जिसान अलीले १४ रन थप्दा कप्तान निजाकत खानले १२ र एसान खानले ११ रन जोडे ।

नेपालका अभिनाश बोहराले तीन विकेट लिए । चार ओभर बलिङ गरेका बोहराले २९ रन खर्चिए । ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान दुई र करण केसीले एक विकेट हात पारे ।

लगातार तेस्रो जित निकालेको नेपाल ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट दुई अंकको हङकङ चौथो स्थानमा छ ।

 

सम्बन्धित समाचार

एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
  • २०८१ बैशाख ३, १५: ४९

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ बैशाख ३, १५: ४९

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८१ बैशाख ३, १५: ४९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...