सुदूरपश्चिमको मुख्यमन्त्रीका दुवैको दाबी अस्वीकृत, प्रदेश प्रमुखले थपे २ दिनको समय – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper
प्रदेश प्रमुख सत्तारुढ दलको इसाराम चल्दा

सुदूरपश्चिमको मुख्यमन्त्रीका दुवैको दाबी अस्वीकृत, प्रदेश प्रमुखले थपे २ दिनको समय

 

धनगढी । प्रदेशम प्रमुखको भूमिकामा रहेका नजिर मियाँ सत्ता गठबन्धनको स्वार्थमा चल्दा संविधानअनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्ने प्रदेश सभा सदस्यलाई मनोनित नगरी फेरि दाबी पेश गर्न आव्हान गरेका छन्।

सुदूरपश्चिमका प्रदेशमा मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका तर्फबाट लक्ष्मण चौधरी र कैलास चौधरीले बेग्ला बेग्लै दाबी पेश गरेपछि प्रदेश प्रमुख मियाँ अनिर्णयको बन्दी मात्र बनेनन् राजनीतिक निर्णय र सत्तारुढ दलको इसारामा आफूले शुरु गरेको प्रक्रियालाई रद्ध गरे।

प्रदेश प्रमुख नजिर मियाले दुवै जनाको दाबी नपुगेको भन्दै पुनः २ दिन समय दिएर फेरि दाबी पेस गर्न दलहरूलाई मंगलबार आह्वान गरेका हुन्।

नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजबादी, राप्रपा, स्वतन्त्र र नाउपाकै बहुसंख्यक सदस्यको समर्थन थियो। तर, लक्ष्मण किशोर सत्तारुढ घठबन्धनइत्तरको समर्थनमा मुख्यमन्त्री बन्न खोजेपछि राजनीतिक पूर्वाग्रहका आधारमा मियाँले दुई दिनदेखि निर्णय नगरी बसेका थिए।

लक्ष्मण चौधरीलाई मुख्यमन्त्री बनाउन समर्थन गरेको नेकपा एकीकृत समाजबादीले कैलास चौधरीलाई समर्थन गर्ने राजनीतिक निर्णय गरेकै आधारमा प्रदेश प्रमुखले दुबैको दाबीलाई रद्ध गरेर आफ्नो कमजोरीलाई उजागर गरेका हुन्।

सत्ता गठबन्धन नेकपा एमाले, माओबादी र नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधरको समर्थनमा कैलाश चौधरील मुख्यमन्त्रीमा दाबी पेश गरेपछि उनको पक्षमा बहुमत थिएन। तर राजनीतिक बक्तव्यवाजीकै आधारमा प्रदेश प्रमुखले आफैले आव्हान गरेको मुख्यमन्त्री दाबी गर्ने प्रदेश सभा सदस्यद्वयको प्रस्तावलाई रद्ध गरेका हुन्।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि स्पष्ट दाबीसहित वैशाख ६ गते अपराह्न ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका छन्।

सम्बन्धित समाचार

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०८१ बैशाख ४, २०: ०२

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८१ बैशाख ४, २०: ०२

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८१ बैशाख ४, २०: ०२

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...