
जनकपुरधाम । मधेश प्रदेश सरकारले गत असोजमा विस्तार गरेको संस्कृति मन्त्रालय बजेटविहीन छ ।
शिक्षा तथा संस्कृति मन्त्रालयको संस्कृति तर्फ कुनै बजेट नरहेको मन्त्रालयका कार्यकारी सचिव महेन्द्र महतोले बताए ।
बजेट नहुँदा संस्कृति तर्फको कुनै काम अघि बढ्न सकेको छैन । ‘संस्कृतितर्फ बजेट नै छैन । त्यसैले त्यस तर्फको कुनै काम हुन सकेको छैन’, कार्यकारी सचिव महतोले भने, ‘शिक्षा मन्त्रालय तर्फ मात्र काम भइरहेको छ ।
उनले अब आगामी आर्थिक वर्षमा संस्कृति मन्त्रालय तर्फ बजेट विनियोजन हुने बताए ।
गत असोज तेस्रो साता मुख्यमन्त्री सरोजकुमार यादवले शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटाएर शिक्षा तथा संस्कृति मन्त्रालय र खेलकुद तथा समाज कल्याण मन्त्रालय बनाएका थिए ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...