
काठमाडौं । नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अहिलेसम्म ७ जनालाई पक्राउ गरेको छ ।
विभिन्न मितिमा पक्राउ परेका सातै जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले जानकारी दिए ।
प्रहरीले नक्कली लाइसेन्स बनाउने काममा संलग्न भएका कर्मचारीदेखि नक्कली लाइसेन्स लिनेसम्मलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ३ जना नक्कली लाइसेन्स बनाउने काममा संलग्न छन् भने ४ जना नक्कली लाइसेन्स लिनेहरु रहेको एसपी बोगटीले बताए ।
प्रहरीले वैशाख १५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत आईटी इन्जिनियर सुरजप्रकाश अर्याल र यातायात कार्यालय बुटवलमै करार इन्जिनियरको रुपमा कार्यरत हरिश भट्ट पक्राउ गरेका थिए ।
गत सोमबारमात्रै यातायात कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत नारायण पाण्डेलाई सीआईबीले पक्राउ गरेको थियो ।
काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ...
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....