‘सीप मेला’ कार्यक्रममा १० हजार भन्दा बढीको आवेदन – Naya Bikalpa
June 25, 2026, Thursday      Epaper

‘सीप मेला’ कार्यक्रममा १० हजार भन्दा बढीको आवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाले यही वैशाख १९ गतेदेखि सुरु गरेको ‘सीप मेला २०८१’ का लागि १० हजार बढीले आवेदन दिएका छन् ।

कामपाले दुई हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित मेला सुरु गरेकोमा १० हजार बढीले आवेदन दिएका हुन् ।

कामपा सामाजिक विकास विभागका निमित्त प्रमुख विमला कोइरालाका अनुसार आवेदन (फाराम) भर्ने सबै जनालाई तालिम दिने तयारी गरिएको छ ।

यही वैशाख १९ गतेभित्र फाराम भर्ने आवेदकलाई सीप मेलामा सहभागी गराउने उनले जानकारी दिइन् ।

उनीहरुलाई वैशाख २८ गते शुक्रबारभित्र तालिमको तालिका उपलब्ध गराउने योजना रहेको निमित्त प्रमुख विमला को भनाइ रहेको छ ।

सम्बन्धित समाचार

क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
  • २०८१ बैशाख २३, १५: २६

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०८१ बैशाख २३, १५: २६

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०८१ बैशाख २३, १५: २६

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...