
काठमाडौं । शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक प्रभावित बनेको छ । बैठक अघि तयारीका लागि बस्नुपर्ने कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको छैन ।
कार्य व्यवस्था परामर्श समितिको बैठक बस्न नसक्दा प्रतिनिधि सभाको बैठक नै प्रभावित भएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीका विषयमा संसदीय छानबिन समिति नबनेसम्म संसद चल्न नदिने निर्णय गरेको छ । शुक्रबार नयाँ वानेश्वरस्थित संसद भवनको लोत्से हलमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीमा संलग्न रहेको आरोप लगाउँदै आएको छ । गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग छ ।
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...