
काठमाडौं। छात्रवृत्तिमा बंगलादेशमा एमबीबीएस अध्ययनका लागि छनोटमा परेर सिफारिस भएका विद्यार्थीको नाम परिवर्तनको विषयमा स्पष्ट जवाफ दिन नचाहने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको सुमना श्रेष्ठसँग सांसदहरुले टालटुले जवाफ नदिन चेतावनी दिएका छन्।
प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा सांसदहरूले शिक्षामन्त्री सुमना श्रेष्ठसँग छात्रबृत्ति कोटामा गडबडी कहाँबाट भएको र कसलाई के कारबाही गरियो भनी जवाफ माग गरेका थिए।
विगतमा आफू समिति सदस्य हुँदा अन्य मन्त्रालयको जिम्मेवारी भित्र पर्छ भनेर पन्छिन पाइँदैन भनेर संचारमन्त्री रेखा शर्मालाई चोरी औंला ठड्याँदै कड्किने शिक्षामन्त्री श्रेष्ठले आइतबार समिति बैठकमा भने आफ्नो मन्त्रालयको जिम्मेवारीको विषयमा समेत पन्छिन खोजेपछि सांसदहरुको आक्रोसित भएका हुन्।
मन्त्री श्रेष्ठले ‘बंगलादेशमा छात्रबृत्ति कोटामा सिफारिस गरिएकाको नाम परिवर्तन गरिएको विषयमा परराष्ट्र मन्त्रालयले जाँचबुझ गरिरहेको’ ओठे जवाफ दिएकी थिइन्।
समितिका सभापति अम्मरबहादुर थापाले मन्त्री श्रेष्ठलाई टालटुले जवाफ दिएर नहुने भन्दै ‘प्रस्ट’ जवाफ माग गरे। उने भने, ‘यो बंगलादेशले कोटा इन्कार गर्नुप¥यो वा सिफारिस गरिएका विद्यार्थी लैजानुप¥यो। यसको जिम्मेवारी शिक्षा मन्त्रालयको हो। बलियोसँग अडान लिनुपर्छ’, उनले भने।
सांसद दीपा शर्माले जीटुजी (सरकार–सरकारबीच) प्रक्रियाबाट पठाउन लागिएको विद्यार्थीबारे यत्रो चलखेल गरेर सरकारको अपमान भएको भन्दै आक्रोश पोखिन्। “शिक्षामन्त्रीले यो विषय कहाँ कोसँग छलफल गरेर हुन्छ, दुई÷तीन दिनमै निकास दिनुपर्छ। शिक्षाको कार्यक्षेत्र होइन भनेर टालटुले जवाफ दिएर मात्रै हुँदैन,” उनले भनिन्।
सांसद तोसिमा कार्कीले सरकारले जिम्मा लिएर सिफारिस गरिएका विद्यार्थीलाई बंगलादेश पठाउने व्यवस्था मिलाउनुपर्नेमा जोड दिइन्।
जवाफमा मन्त्री श्रेष्ठले नेपालका निम्ति बंगलादेशी राजदूतलाई भेटेर यसबारे छलफल गर्ने प्रतिबद्धता जनाइन्। सरकारले सिफारिस नगरेका विद्यार्थीको एनओसी रोकिएको पनि उनले जानकारी दिइन् ।
बंगलादेश सरकारको छात्रवृत्तिमा एमबीबीएस र बीडीएस अध्ययनका निम्ति शिक्षा मन्त्रालयले सिफारिस गरेका २२ मध्ये १० विद्यार्थीको नाम बंगलादेश पुग्दा सूचीबाट हटाइएको थियो । त्यसपछि पीडित विद्यार्थी समितिसमक्ष पुगेका थिए।
नेपालमा संचालित हजारौं माध्यमिक विद्यालयमध्ये सयौं सामुदायिक विद्यालयहरुले शैक्षिक गुणस्तरमा गुणात्मक बृद्धि गरिरहेको भए पनि वुढानिलकण्ठ स्कुलको मात्र विज्ञापन गर्न उत्रिएकी सुमना श्रेष्ठले केही समयअघि कुममा फाटेको सर्ट सिलाएको दृष्य सामाजिक संजालमा हाल्न लगाएर चर्चामा आएकी थिइन् ।
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...