अबरोधकाबीच प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाबाट पाए विश्वासको मत – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper
पक्षमा १५७ मत

अबरोधकाबीच प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाबाट पाए विश्वासको मत

 

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससहित विपक्षी दलहरुको अवरोधपछि संसदबाट विश्वासको मत प्राप्त गरेका छन्।

काग्रेसका सांसदहरुले सभामुख अघिको बेलमा गएर नारावाजी गरिरहेका बेला सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका हुन्।

प्रतिनिधिसभाको पहिलो बैठकमा प्रतिपक्षी दलको अवरोधले गर्दा सदनबाट विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेश गर्न नसकेपछि दिउँसो १२ वजे सभामुख घिमिरेले मर्यादा पालकलाई सभाकक्षको सांसदको आसन रहेको कुर्सीसम्म घेराबन्दी गर्न लगाएर सभा संचालन गरेका थिए।

प्रधानमन्त्री दाहालले पेश गरेको विश्वासको मत लिने प्रस्तावको पक्षमा १५७ मत परेको थियो भने विपक्षमा कसैले पनि मतदान गरेनन्। सभामुख घिमिरेले मतदान प्रक्रियामा १५८ जनाले भाग लिएकोमा एक जनाले प्रस्तावमा मत दिएनन्।

प्रधानमन्त्रीले प्रस्तुत गरेको विश्वासको प्रस्तावमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजबादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले भाग लिएका थिएनन् ।

प्रधानमन्त्री दाहाललाई सत्तारुढ दल नेकपा एमालेका ७७ जना, माओबादी केन्द्रका ३२ जना, रास्वपाका २१ जना, नेकपा एसका १० जना, जनता समाबादी पार्टी (असोक राई)का ७ जना, नागरिक उन्मुक्ति पार्टीका ४ जनाले समेत प्रधानमन्त्री दाहालको पक्षमा मतदान गरेका थिए।

सम्बन्धित समाचार

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०८१ जेष्ठ ७, १३: २५

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८१ जेष्ठ ७, १३: २५

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८१ जेष्ठ ७, १३: २५

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...