संसदीय छानबिन समितिको माग सदन र सडकबाट गर्ने प्रतिपक्षी दलहरुको निष्कर्ष – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

संसदीय छानबिन समितिको माग सदन र सडकबाट गर्ने प्रतिपक्षी दलहरुको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसलगायत संघीय संसदका विपक्षी दलहरूले सदन र सडकबाट संयुक्त रूपमा सहकारी ठगी प्रकरणको विषयमा अध्ययन गर्न संसदीय छानबिन समिति गठनको माग गर्ने भएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार दिउँसो संसदबाट विश्वासको मत लिएपछि बसेको विपक्षी दलहरूको बैठकले गृहमन्त्री रवी लामिछानेमाथि सहकारी घोटाला प्रकरणमा छानबिन गर्न संसदीय समिति गठनको मागलाई थप सशक्त रूपमा उठाउने निर्णय गरेको हो।

बैठकले प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले सोमबारको बैटठकमा खेलेको भूमिकामाथि प्रश्न उठाएको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए।

‘आजको प्रतिनिधि सभामा सभामुख पार्टीका कार्यकर्ता जसरी प्रस्तुत हुनुभयो। उहाँले निष्पक्ष भूमिका निर्वाह गर्न सक्नुभएन भन्ने बैठकले निष्कर्ष निकालेको छ’ सांसद शाहीले भने।

नेपाली कांग्रेसको अगुवाईएमा भएको बैठकमा कांग्रेससहित, राप्रपा, जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू उपस्थित थिए।

सम्बन्धित समाचार

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०८१ जेष्ठ ७, १७: २०

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८१ जेष्ठ ७, १७: २०

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८१ जेष्ठ ७, १७: २०

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...