विश्वकप क्रिकेटमा सन्दीपलाई पठाउन क्यानले शुरु गर्यो भिषा प्रक्रिया – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

विश्वकप क्रिकेटमा सन्दीपलाई पठाउन क्यानले शुरु गर्यो भिषा प्रक्रिया

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी गराउनका लागि भिषा प्रक्रिया अगाडि बढेको बताएको छ।

क्यानका सचिव पारस खड्काले मंगलबार विज्ञप्ति जारी गर्दै सन्दीपको अमेरिका जाने भिसाको प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका हुन्। उनले सन्दीपलाई प्रतियोगितामा सहभागी हुन पठाउने सन्दर्भमा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँग समेत पहल भइरहेको जनाएका छन्।

यसअघि नै टी–२० विश्वकप क्रिकेटका लागि नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली अमेरिका पठाइसकेको छ। त्यतिबेला सन्दीपको मुद्दा अदालतमा विचाराधीन भएकाले टोलीमा समेटिएका थिएनन्।

बलात्कार मुद्दामा सन्दीपले उच्च अदालत पाटनबाट सफाइ पाएपछि विश्वकप खेल्ने बाटो खुलेको हो। उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएसँगै उनी विश्वकपको तयारीमा जुटेका थिए।

गत बुधबार (जेठ २) सन्दीपलाई अदालतले सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले पनि घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट उनको निलम्बन फुकुवा गरेको थियो।

सन्दीपलाई टोलीमा सामेल गरेको अवस्थामा कुन खेलाडीलाई बाहिर राख्ने भन्ने जिम्मा भने क्यानले मुख्य प्रशिक्षक र कप्तानलाई दिएको छ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ जेष्ठ ९, १३: ०२

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ जेष्ठ ९, १३: ०२

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ जेष्ठ ९, १३: ०२

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...