
काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले प्रतिपक्षले जनताको आवाज उठाउँदा सरकारले पेलेर अघि बढेमा पार्टी चुनौती सामना गर्न तयार रहेको बताएका छन्।
काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा नेता सिटौलाले जनताका कुरा उठाउँदा सरकारले प्रतिपक्षलाई पेलेर अगाडि बढे कांग्रेस पनि त्यसको प्रतिकार गर्न तयार नै रहेको बताए।
‘सरकारले जनताको हितमा काम गरेन, सरकार सिद्धियो । कांग्रेसबाहेकका केही दलहरु संसद्मा जनताका आवाज उठाइरहेका छन्। सरकारले यसलाई गम्भीरतापूर्वक नलिने र पेलेर जाने प्रवृत्ति देखाएमा त्यो चुनौतीलाई हामीले सामना गर्नेछौं’, सिटौलाले भने।
उनले सरकार बदलाको भावनामा गएको भन्दै कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियालाई दुराशय राखेर पक्राउ गरिएको दाबी गरे।
‘सहकारी ठगीको विषयमा समाचार लेखेको लेख्यै ग¥यो। कान्तिपुरका कैलाश सिरोहियालाई पक्राउ परेर थुनामा राखियो। पक्राउ गर्ने तरिका, लगेको तरिका, थुनामा राखेको तरिकाको मूल्याङ्कन मैले गरेको छु। दुराशय बाहेक केही छैन। गृहमन्त्रीलाई झोंक चल्यो। आफ्नै कार्यकर्ता पठाएर मुद्दा हाल्न लगाउनु भयो,’ सिटौलाले भने।
प्रहरीले सिरोहियालाई पक्राउ गर्न पाउ भनेपछि अदालतले पक्राउ पुर्जी जारी गरेको उनको भनाइ छ । ‘यस्तो केसमा अदालतको आदेशका पक्राउ गरियो भन्न मिल्दैन । कानुनको दुराशयपूर्ण तरिकाले प्रयोग गरिनु हुँदैन। यस्तो गर्दा कहाँ जान्छ लोकतन्त्र ?’ उनको प्रश्न थियो।
सिटौलाले प्रेसको मुख बन्द गर्नु भनेको जनताको आवाज बन्द गर्नु जस्तै हो भन्दै सरकारको बदला लिने कार्य लोकतन्त्र विपरीत छ। दुराशयले लोकतन्त्रलाई नष्ट गर्ने बताए।
उनले गृहमन्त्री रबीले संसदको रोष्टममा उभिएर असंसदीय कुरा बोलेको दाबी गरे।
‘संसदीय व्यवस्थामा सत्ताले जनताको हितामा काम गर्ने हो। प्रतिपक्षले जनताको हितमा काम गर है भनेर भन्ने हो,’ उनले भने, ‘प्रतिपक्षले सहकारी बचतकर्तामाथि अन्याय भयो। त्यसको छानबिन गर भनेर जनताको आवाज उठाएन भने त प्रतिपक्ष सिद्धियो। जनताको पक्षमा काम गरेन सरकार सिद्धियो।’
परिवर्तन अभियान नेपालले आयोजना गरेको सो कार्यक्रमको सभापतित्व सुशील भट्टले गरेका थिए।
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...