मुम्बई क्रिकेट संघका अध्यक्ष अमोलको भारत–पाक खेल हेर्दा हृदयघातबाट निधन – Naya Bikalpa
July 31, 2026, Friday      Epaper

मुम्बई क्रिकेट संघका अध्यक्ष अमोलको भारत–पाक खेल हेर्दा हृदयघातबाट निधन

काठमाडौं। मुम्बई क्रिकेट संघका अध्यक्ष अमोल कालेको अमेरिकामा निधन भएको छ।

टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको खेल हेर्न अमेरिका पुगेका ४७ बर्षिय कालेको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले जनाएका छन्।

न्युयोर्कको नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियममा आइतबार भारत र पाकिस्तानबीच भएको टी–२० विश्वकपको खेल हेर्न उनी एमसीएका अन्य दुई अधिकारीसँग पुगेका थिए।

उनीसँगै एमसीएका सचिव अजिंक्य नायक र एपेक्स काउन्सिलका सदस्य सुरज सामत पनि थिए।

काले अक्टोबर २०२२ मा एमसीएको अध्यक्षमा निर्वाचित भएका थिए। उनले एमसीए अध्यक्षको चुनावमा १९९३ विश्व च्याम्पियन टोलीका सदस्य सन्दीप पाटिललाई हराएका थिए।

कालेले मुम्बईका लागि रणजी र अन्य घरेलु प्रतियोगितामा खेल्ने घरेलु खेलाडीको म्याच शुल्क दोब्बर बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

महाराष्ट्र क्रिकेट संघको अध्यक्षका साथै उनी टेनिस–बल फ्रेन्चाइजी क्रिकेट लीग र इन्डियन स्ट्रीट प्रिमियर लिगको सह–प्रवर्तक पनि थिए।

सम्बन्धित समाचार

त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले पायो पूर्णता, चार सदस्य नियुक्त
त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले पायो पूर्णता, चार सदस्य नियुक्त
  • २०८१ जेष्ठ २९, १७: ३२

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कार्यकारी परिषद्ले पूर्णता पाएको छ। परिषद्का रिक्त सदस्य पदमा चार जना प्राध्यापक नियुक्त भएसँगै...

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ
  • २०८१ जेष्ठ २९, १७: ३२

काठमाडौं : स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धान गर्न नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई पक्राउ गरिएको छ । भण्डारीलाई प्रहरीको केन्द्रीय...

मधेशको सुरक्षा अवस्थाबारे कांग्रेस आन्तरिक परामर्शमा, सभापति थापाले लिए प्रदेश नेतृत्वसँग जानकारी
मधेशको सुरक्षा अवस्थाबारे कांग्रेस आन्तरिक परामर्शमा, सभापति थापाले लिए प्रदेश नेतृत्वसँग जानकारी
  • २०८१ जेष्ठ २९, १७: ३२

काठमाडौं : मधेश प्रदेशका विभिन्न क्षेत्रमा पछिल्ला दिनमा देखिएका हिंसात्मक घटनापछि नेपाली कांग्रेसले सुरक्षा अवस्था र त्यसको स्थानीय जनजीवनमा परेको...