दक्षिण अफ्रिकासँग १ रनले पराजित भयो नेपाल – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

दक्षिण अफ्रिकासँग १ रनले पराजित भयो नेपाल

 

काठमाडौं। नेपालले विश्व क्रिकेटमा ऐतिहासिक जितबाट चुकेको छ।

शनिबार सम्पन्न खेलमा आईसीसी टी–२० विश्वकपमा बलियो टिम दक्षिण अफ्रिकाविरुद्ध १ रनको हार ब्योरेको हो।

कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ रोजेको खेलमा कुशल भुर्तेल र दीपेन्द्र सिं ऐरीको उत्कृष्ट बलिङले दक्षिण अफ्रिका २० ओभरमा ११५ रनमा खुम्चिएको थियो ।

११६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ११४ रनमा खुम्चियो । नेपालका लागि आशिफ शेखले उत्कृष्ट ४२ रनको पारी खेलेका थिए।

नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले पावर प्लेमा बिना विकेट ३२ रन बनाएका थिए। नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको थियो। उनले १३ रन बनाएका थिए। उनीपछि आएका कप्तान रोहित पौडेल शुन्य रनमा आउट भए पनि नेपालको पारीलाई आशिफ र अनिल शाहको जोडीले सम्हालेको थियो।

नेपालका लागि अनिल शाह तेस्रो विकेटको रुपमा अनिल शाहलाई गुमाएको थियो । उनले २४ बलमा २७ रन बनाएर आउट हुँदा नेपालले १३.४ ओभरमा ८५ रन बनाएको थियो ।

त्यसपछि ब्याटिङका लागि दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भएका थिए । ९९ रनमा ३ विकेट गुमाएर खेलिरहेको नेपालले थप १ रन बनाउँदा आशिफ शेख, कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीलाई गुमाएको थियो।

ऐरी आउट भएपछि कुशल मल्ल ब्याटिङका लागि आए पनि १ रन बनाउँदै आउट भएका थिए। दक्षिण अफ्रिकाका लागि साम्सीले ४ विकेट लिएका थिए ।

त्यसअघि नेपालका लागि भुर्तेलले ४ विकेट लिएका थिए भने ऐरीले ३ विकेट लिएका थिए । भुर्तेलले ४ ओभरमा १९ रन दिएर ४ विकेट चट्काएका थिए भने ऐरीले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिएका थिए । नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा बिना कुनै विकेट १८ रन दिएका थिए । उनले ११ बल डट फालेका थिए । नेपालले २० ओभरमा ५९ बल डट फालेको थियो ।

दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेन्ड्रिक्सले ४३ रन बनाएका थिए भने ट्रिस्टान स्टब्सले २७ रन बनाएका थिए भने डिकक १० रनमा आउट भएका थिए ।

नेपालले विश्वकपको सुपर ८ मा प्रवेश गर्नका लागि सोमबार बंगलादेशसँग खेल्नेछ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ असार २, १५: १५

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ असार २, १५: १५

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ असार २, १५: १५

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...