नेपाल बायुसेवामा वाइड र न्यारोबडीका २७ पाइलट अभाव, अन्तराष्ट्रिय उडान प्रभावित – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

नेपाल बायुसेवामा वाइड र न्यारोबडीका २७ पाइलट अभाव, अन्तराष्ट्रिय उडान प्रभावित

काठमाडौं। नेपाली ध्वजावाहक एक मात्र नेपाल वायु सेवा निगमका वाइडबडी र न्यारोबडी जहाज उडाउने पाइलट अभावले अन्तराष्ट्रिय उडान प्रभावित हुन थालेका छन्।

निगमसँग न्यारोबडीका २ र वाईडबडीका २ गरी चारवटा जहाजमार्फत अन्तराष्ट्रिय उडान हुँदै आएका छन्। युरोपियन युनियनले नेपाली ध्वजावहक जहाजलाई भने कालोसूचीमा राखेका कारण युरोपेली आकासमा नेपाल बायुसेवा निगमका जाहाजहरुले उडान भरेका छैनन्।

वाइडबडी जहाजका लागि ३४ जना र न्यारोबडी जहाजका लागि ३२ जना चालक आवश्यक रहेकोमा अहिले निगमसँग वाइडबडी उडाउन १७ जना र न्यारोबडी उडाउन २२ जना मात्रै चालक रहेका छन्।

यसरी हेर्दा वाईडबडीमा १७ र न्यारोबडी जहाजमा १० जना पाईलटको अभाव देखिएको छ। निगमले सिनियर पाईलट (क्याप्टेन) युवराज लामासहित आफ्ना चार जना वरिष्ठ पाइलटलाई निलम्बन गरेको र केही पाइलटले सेवा छाडेका कारण निगमले सबै देशमा उडान भर्न सकेको छैन।

चालक अभावकै कारण उडान प्रभावित हुन थालेपछि निगमले तत्काल दस जना चालक करारमा नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ भने हाल जिम्मेवारीमा रहेका पाइलटलाई सकेसम्म बिदा नलिन आग्रह गरेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलले भने, ‘वाइडबडी र न्यारोबडी जहाज उडाउन ३३ जोर चालक आवश्यक पर्ने भए पनि झन्डै २० जोर मात्रै चालक छन्। मौजाद चालकमध्ये चार जना वरिष्ठ चालक निलम्बनमा परेपछि उडान व्यवस्थापनमा त्यसको असर देखिन थालेको छ।’

अन्तराष्ट्रिय उड्डयन नियमअनुसार एक जोडी पाईलटले लगातार १० घण्टाभन्दा बढी उडान भर्न पाउँदैनन्। निगमका पाईलटले समय तालिका मिलाएर महिनाको १० दिन उडान भर्ने गरेका छन् भने २० दिन आराम गर्ने गरेका छन्।

 

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ असार ५, १५: ०४

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ असार ५, १५: ०४

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८१ असार ५, १५: ०४

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...