
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इन्डिजमा ब्याटिङ पिच असहज भएको बताएका छन्।
टी–२० विश्वकपमा सहभागी भएर स्वदेश फर्किएपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले दक्षिण अफ्रिकासँगको खेलमा ब्याटिङ राम्रो गर्न नसक्दा खेल हारेको बताएका छन्। ‘ब्याटरले अलिक जिम्मेवारी लिएको भए नतिजा अर्कै हुन सक्थ्यो,’ उनले भने।
अबको विश्वकपका लागि नेपालले राम्रो टोलीसँग तयारी गर्दा नतिजा आउन सक्ने उनले बताए।
‘पछिल्लो समय नेपाली टोलीले सुधार गरिरहेपनि देशबाहिर एक्पोजर पायौँ भने राम्रो गर्न सक्छौँ होला। घरेलु मैदानमा त राम्रो गरिरहेका छौँ, अब क्यानसँग छलफल गरेर बाहिरको मैदानमा एक्पोजरको जरुरी छ,’ उनले भने।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...