कतारमा ध्यान योग कार्यक्रम सम्पन्न – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper
सन्दर्भः १०औं अन्तराष्ट्रिय योगा दिवास

कतारमा ध्यान योग कार्यक्रम सम्पन्न

दोहा। १०औं विश्व योगा दिवसको अवसरमा जीवन योग प्रयोगशाला दोहाको आयोजनामा शुक्रबार ध्यान योग कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ।

ध्यान योग कार्यक्रमममा प्रमुख प्रशिक्षक स्वामि रामतीर्थ (राम्जी खत्री) र जीवन बिज्ञानको शिक्षक श्रीमती शान्त कट्टेल फुयाँलकोे नेतृत्वमा ध्यान योग कार्यक्रम सम्पन्न भएको थियो।

दोहास्थित मियाँ पार्कको सामुन्द्रिक किनारामा ३८ जना योग प्रेमीहरूको उपस्थितिमा ‘वाम अप’ योग र ध्यान गरी सुसम्पन्न गरीयो। योग साधना पछि संस्थालाई सस्थागत बनाई साप्ताहिक रुपमा शुक्रवार विहानीको समयमा गर्ने उद्देश्यको साथ एक समिति बनाउने निर्णय भएको प्रमुख प्रशिक्षक खत्रीले बताए।

नितान्त जीवन बिज्ञान र योग साधना व्यवस्थित बनाउन रामजी खत्रीको संयोजकत्वमा कल्याण थापा को अध्यक्षतामा एक परिचालन समिति गठन गरिएको बताइएको जनाइएको छ।

शारीरिक व्यायाम र योगालाई प्रत्येक शुक्रबार नियमित रुपमा संचालन गर्न आवश्यक व्यवस्थापन गरिने संयोजक खत्रीले बताए।

सम्बन्धित समाचार

सुनसरी घटनाबारे प्रचण्डको प्रश्न- गोली चलाउनुपर्ने अवस्था थियो ?
सुनसरी घटनाबारे प्रचण्डको प्रश्न- गोली चलाउनुपर्ने अवस्था थियो ?
  • २०८१ असार ७, १६: ००

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले अघि बढाएको संविधान संशोधन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले...

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन
लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन
  • २०८१ असार ७, १६: ००

काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका छन् । बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले...

कार्गो क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने मुख्यमन्त्री बानियाँको प्रतिबद्धता
कार्गो क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने मुख्यमन्त्री बानियाँको प्रतिबद्धता
  • २०८१ असार ७, १६: ००

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कार्गो तथा फ्रेट फरवार्डिङ क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग आवश्यक समन्वय र...