
काठमाडौं। आइसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा भारत प्रवेश गरेको छ।
सोमबार भएको ‘सुपर ८’को खेलमा अस्ट्रेलियालाई २४ रनले हराउँदै भारत सेमिफाइनलमा प्रवेश गरेको हो।
भारतले दिएको २०६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८१ रनमा सिमित भयो।
ओपनर ट्राभिस हेडले सर्वाधिक ७६ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। ४३ बलको सामना गरेका उनले ९ चौका र ४ छक्का प्रहार गरे।
उनलाई भारतका जसप्रीत बुमराहले रोहित शर्माको हातबाट क्याच आउट गराएका थिए।
त्यस्तै कप्तान मिचेल मार्श २८ बलमा ३७ रन बनाएर आउट भए। आउट हुनुअघि उनले तीन चौका र दुई छक्का प्रहार गरेका थिए। उनलाई भारतका कुलदीप यादवले अक्षर पटेलबाट क्याच आउट गराए।
खेलको पहिलो ओभरमा नै अस्ट्रेलियाका डेभिड वार्नर आउट भएका थिए। वार्नरले ६ बलमा एक चौकासहित ६ रन बनाए भने ग्लेन म्याक्सवेलले २०, टिम डेभिडले १५ तथा मार्कस स्टोइनिसले २ रनको योगदान दिए।
भारतका लागि अर्शदीप सिंहले तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३७ रन खर्चिए।
भारतका कुलदीप यादवले दुई विकेट लिदा जसप्रीत बुमराह र अक्षर पटेलेको नाममा एकएक विकेट रह्यो।
त्यसअघि सेन्ट लुसियास्थित डरेन सामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनाएको थियो।
जारी विश्वकपमा भारतले पहिलो पटक दुई सय रनको आँकडा पार गरेको हो।
उसका लागि कप्तान रोहित शर्माले सर्वाधिक ९२ रन बनाए। ४१ बलको सामना गरेका शर्माले ७ चौका र ८ छक्का प्रहार गरे। शर्मालाई अस्ट्रेलियाका मिचेल स्टार्कले आउट गरेका थिए।
त्यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्नका आएका ऋषभ पंत १५ रन बनाएर आउट भए। १४ बलको सामना गरेका उनले एक चौका र एक छक्का प्रहार गरे। उनलाई अस्ट्रेलियाका मार्कस स्टोइनिसले ट्राभिस हेडको हातबाट क्याच गराए।
भारतका लागि सूर्यकुमार यादवले ३१, शिबम दुवेले २८ रन बनाउँदा हार्दिक पाण्ड्ेयले नट आउट २७ रनको योगदान दिए। ओपनिङ गर्न आएका विराट कोहली पाँच बलको सामना गर्दै शुन्य रनमा आउट भए। उनलाई अस्ट्रेलियाका जोश हेजलवुडले ट्राभिस हेडको हातबाट क्याच गराए।
अस्ट्रेलियाका लागि मार्कस स्टोइनिस र मिचेल स्टार्कले समना दुईदुई विकेट लिए । त्यस्तै जोश हेजलवुडको नाममा एक विकेट रह्यो। हारसँगै अस्ट्रेलियाको सेमिफाइनल सम्भावना कमजोर बनेको छ।
टि २० विश्वकममा योसँगै भारतले ११ खेलमा ४ खेल जितेको छ भने २ खेल हारेको छ। प्रतिष्पर्धी दुई देशबीच भएको खेलमा ५ खेल भने बराबरीमा टुंगिएका थिए।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...