
काठमाडौं। आईसीसी टी–२० विश्वकपमा अफगानिस्तानले ऐतिहासिक प्रदर्शन गरेको छ।
अफगानिस्तानले बंगलादेशलाई ८ रनले पराजित गर्दै पहिलोपटक सेमिफाइनल प्रवेश गरेको छ भने पूर्वविश्वविजेता अस्ट्रेलिया सेमिफाइनल पुग्न असफल भएको छ।
१९ ओभरमा १ सय १४ रनको लक्ष्य पाएको बंगलादेशले १७५ ओभरमा सबै विकेट गुमाएर १ सय ५ रन मात्र बनायो।
अफगानिस्तानको जितसँगै पूर्वविजेता अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ । अफगानिस्तानले अब सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ ।
बंगलादेशका लागि ओपनर लिट्टन दासले सर्वाधिक ५४ रन बनाए। त्यस्तै तोहिद हृदोयले ९ बलमा १४ रन जोडे। सौम्य सरकारले १० बलमा १० रनको योगदान दिए।
कप्तान रासिद खानले घातक बलिङ गर्दै ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए। उनी टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा चाँडो १ सय ५० विकेट लिने खेलाडी पनि बने। उनले न्युजिल्यान्डका टीम साउथीको कीर्तिमान तोडेका हुन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो । अफगानिस्तानका लागि ओपनर रहमनुल्लाह गुरबाजले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ५५ बलमा ३ चौका र १ छक्का हिर्काए ।
कप्तान रासिद खानले १० बलमा १९ रन जोडे । उनले ३ छक्का प्रहार गरे । त्यस्तै, इब्राहिम जादरानले २९ बलमा १८ रन तथा अज्मतुल्लाह ओमरजाईले १२ बलमा १० रन बनाए ।
कसिलो बलिङ गरेको बंगलादेशका लागि रिसाद होसेनले ३ विकेट लिए । उनले ४ ओभरमा २६ रन खर्चिए । त्यसैगरी तास्किन अहमद र मुस्तफिजुर रहमानले १–१ विकेट लिए ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...