भोटेकोशी नदीमा ‘२२ औँ हिमालयन ह्वाइट वाटर च्यालेन्ज’ सम्पन्न – Naya Bikalpa
November 16, 2026, Monday      Epaper
जल पर्यटन प्रर्वद्धनमा सहयोग गर्न सरोकारवासँग आग्रह

भोटेकोशी नदीमा ‘२२ औँ हिमालयन ह्वाइट वाटर च्यालेन्ज’ सम्पन्न

सुकुटे। सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका सुकेटेस्थित भोटेकोशी नदीमा ‘२२ औं हिमालयन ह्वाइट वाटर च्यालेन्ज’ प्रतियोगिता सम्पन्न भएको छ।

नेपालको जलयात्रा व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)ले नेपाल पर्यटन बोर्डको प्रर्वद्धन र बागमति प्रदेशको संस्कृतिक पर्यटन तथा सहकारी मन्त्रालयको सहकार्यमा असार १० र ११ गते भोटेकोशी नदीमा राष्ट्रिय स्तरको ‘२२ औँ हिमालयन ह्वाइट वाटर च्यालेन्ज’ आयोजना गरेको हो।

राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक साहसिक जलयात्रा प्रतियोगितामा ¥याफ्टिङ र कायकिङ प्रतिस्पर्धा भएको थियो। नौ किलोमिटर लामो दुरी रहेको साहसिक जल पर्यटन खेलमा ¥याफ्टिङ पुरूषतर्फ १३ र महिलातर्फ एक गरी १४ समूह सहभागी थियो।

कायाकिङमा २५ पुरूष र २ महिला गरी २७ जना सहभागी थिए।

¥याफ्टिङ प्रतियोगितामा २९ मिनेट ५१ सेकेन्डमा निर्धारित दूरी पुरा गरी स्थानिय भोटेकोशी एडभेन्चर क्लब प्रथम भएको थियो।

त्यस्तै, ३१ मिनेट ७ सेकेन्डमा दूरी पुरा गरी द्वितीय स्थानमा ¥याफ्टिङ स्टारले जीत हासिल गरेको थियो भने ३१ मिनेट ३४ सेकेन्डमा दूरी पार गरी त्रिभुवन आर्मी क्लब ‘ए’ ले तृतीय स्थान लिन सफल भएको थियो।

विजयी हुने प्रथम भोटेकोशी एडभेन्चर क्लबले ४० हजार रुपैयाँ, दोस्रो हुने ¥याफ्टिङ स्टारले २० हजार रुपैयाँ र तृतीय स्थान प्राप्त गर्ने त्रिभुवन आर्मी क्लबले १० हजार रुपैयाँका नगदसहित विजेता खेलाडीहरूले मेडल र प्रमाण पत्र पाएका थिए।

कायाकिङ खेलतर्फ सहभागी २७ जनामा सुरेन्द्र माझीले ३० मिनेट ५१ सेकेन्डमा निर्धारित ९ किलोमिटरको दूरी पार गरी प्रथम स्थान हासिल गरी २० हजार रुपैयाँ नगदसहित प्राप्त गर्न सफल भए।

कृष्ण खड्काले ३० मिनेट ५४ सेकेन्डमा सो दूरी पार गरेर दोस्रो भई १० हजार रुपैयाँ र विजय माझीले ३१ मिनेट ०३ सेकेन्डमा सो दूरी पार गरेर तृतीय भई ५ हजार रुपैयाँ नगद पुरस्कार जित्न सफल भए।

विजेताहरूलाई सिल्ड मेडल र नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो।

कार्यक्रम समापनपछि बोल्दै नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्याजमेन्ट (नाथम)का विभागिय प्रमुख अजय ढकालले नेपालमा साहसिक पर्यटनको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताको आयोजनाले नेपालको साहसिक पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताए।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक रोहिणी खलालले नेपालको समग्र पर्यटनमा जल पर्यटन एउटा महत्वपूर्ण उत्पादन भएको जनाउँदै यस्ता कार्यक्रमको प्रवद्र्धनमा नेपाल पर्यटन बोर्ड सधैं साथमा रहेर सहयोग गर्दै आईरहको बताए।

नेपाल एशोसिसियसन अफ राफिटिङ एजेन्सिज (नारा)का अध्यक्ष शिव अधिकारीले नेपालको जल पर्पटन प्रर्वद्धनका लागि नाराले विगत २२ वर्षदेखि यस प्रकारका प्रतियोगिता आयोजना गर्दै आईरहेको बताए।

उनले आउने वर्ष नाराको स्वर्ण महोत्सव भएकोले थप प्रभावकारी रुपमा कार्यक्रम आयोजना गरिने जानकारी दिए।

नेपाल उद्योग वाणिज्य महासंघका सदस्यद्वय नरेशलाल ,श्रेष्ठ, राजकुमार कार्की, राष्टिङ विज्ञ सुदीपराज गौतम, नाराका महासचिव नारायण श्रेष्ठ लगायतले नेपालको जल पर्यटन प्रर्वद्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराए।

कार्यक्रममा पोखरा पर्यटन परिषद्, सोटो नेपाल, भिटोफ नेपाल लगायतका पर्यटनसंग सम्बन्धित संघसंस्थाका प्रमुख तथा प्रतिनिधि सहभागी थिए।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ असार १२, २०: ३४

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ असार १२, २०: ३४

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ असार १२, २०: ३४

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...