
काठमाडौं। आईसीसी टि–२० विश्वकप २०२४ को उपाधिका लागि भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने भएको छ।
बिहीबार राति भएको खेलमा साविक विजेता इङ्ल्यान्डलाई ६८ रनले हराउँदै भारतले १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको हो।
यसअघि सन् २०१४ को विश्वकपमा भारतले फाइनल खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो। यो पटक भने भारत उपाधि चुम्ने दाउमा छ।
दक्षिण अफ्रिका भने यसअघि नै सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको थियो। फाइनल खेल शनिबार हुँदैछ।
भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १६.४ ओभरमा अलआउट हुँदै १०३ रनमा समेटिएको थियो।
इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले सर्वाधिक २५ रन बनाए। १९ बलको सामना गरेका उनले तीन चौका प्रहार गरे। उनलाई भारतका कुलदीप यादवले बोल्ड गरेका थिए।
ओपनर जोस बटलर १५ बलमा २३ रनमै सिमित भए। अर्का ओपनर फिल साल्ट ५ रनमा र मोइन अलीले ८ रन बनाउँदा लियाम लिभिङस्टोने ११ रनमा आउट भए। जोफ्रा आर्चरले १४ बलमा दुई छक्का र एक चौका सहित २१ रन बनाए।
भारतका लागि कुलदीप यादव र अक्षर पटेलले समान तीनतीन विकेट लिए। चार ओभर बलिङ गरेका यादवले १९ रन खर्चिदा त्यति नै ओभर बलिङ गरेका पटेलले २३ रन खर्चिए।
यसअघि गुयानाको प्रोभिडेन्स स्टेडियममा टस हारेर सुरुमा ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएका थियो ।
उसका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५७ रन बनाए। ३९ बलको सामना गरेका रोहितले ६ चौका र २ छक्का प्रहार गरे। उनलाई १४ औं ओभरको चौथो बलमा इङ्ल्यान्डका आदिल रासिदले बोल्ड गरेका थिए।
यस्तै सुर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्का सहित ४७ रन बनाए। हार्दिक पाण्ड्याले २३ रन, रविन्द्र जडेजाले १७ रनमा नट आउट भए। भारतले पहिलो विकेटको रुपमा विराट कोहलीलाई ९ र दोस्रो विकेटको रुपमा ऋषभ पन्तलाई चार रनमा गुमाएको थियो।
इङ्ल्यान्डका लागि क्रिस जोर्डनले तीन विकेट लिए। चार ओभर बलिङ गरेका जोर्डनले ३७ रन खर्चिए। त्यस्तै रीस टोपले, जोफ्रा आर्चर, सैम करन र आदिल रशीदले समान एकएक विकेट लिए।
भारतीय टोली जारी प्रतियोगितामा अपराजित हुँदै फाइनलमा पुगेको हो। दक्षिण अफ्रिकाले पनि यो विश्वकपमा हार ब्यहोरेको छैन्। दक्षिण अफ्रिकाले नेपालाई एक खेलमा एक रनले मात्र पराजित गरेको थियो।
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले अघि बढाएको संविधान संशोधन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले...
काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका छन् । बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले...
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कार्गो तथा फ्रेट फरवार्डिङ क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग आवश्यक समन्वय र...