
काठमाडौं। काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा.आरजु राणासहित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बाल्कोटमा शनिबार ‘असार १५को दही–चिउरा खान’ पुगेपछि वर्तमान सरकार धरापमा परेको खबर सनसनीपूर्ण भयो।
राष्ट्रिय धान दिवसको अवसरमा रोपाईँ गर्न हिलो खेतमा नेताहरु जाने गरेको कुनै नयाँ घटना होइन। सायद ओलीलाई सामान्य थकान महसुस गरेर हो वा सन्चो नभएर धान रोप्न गएनन्।
त्यो भेटलाई लिएर राजनीतिक क्षेत्रमा तरङ्ग पैदा गर्यो। खासमा एक जना शीर्ष नेता अर्को नेताको घरमा परम्परागत चाड असार १५मा दही चिउरा खान जानु असाधरण अवस्था होइन। तर सन्दर्भ र अवस्थाले हलचल नै ल्याई दियो। सायद त्यो भेट संयोग मात्र हो।
खासमा गत फागुनको दोश्रो साता कांग्रेससँगको गठबन्धन तोडेर नेकपा माओबादीका अध्यक्ष समेत रहेका प्रधानमनन्त्री पुष्पकमल दाहालले तत्कालिन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा सरकारको नेतृत्व गरेका थिए।
जेठको पहिलो सातासम्म सही सलामत चलेको माओबादी–एमाले गठबन्धनमा त्यसवेला खटपट भयो, जव जेठ १४ गते अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट प्रस्तुत गरे।
सो बजेटप्रति सत्तारुढ प्रमुख घटक नेकपा एमालेकै अध्यक्ष ओलीले चरम असन्तुष्टि पोखे। उनले संसदीय दलको बैठकमा अर्थमन्त्री पुनले ल्याएको बजेटमा साझेदार दलको नभएर माओबादी पार्टीको गन्ध आएको भनी ‘तीतो’ ओकले।
कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग साझेदारी गर्ने प्रमुख सूत्राधारको भूमिका खेलेका अर्थमन्त्री पुनःप्रति ओलीको असन्तुष्टि बजेटमा मात्रै सिमित रहेन।
प्रधानमन्त्री निकट स्रोतअनुसार विवादको जड थियो, धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष नियुक्ति कसलाई गर्ने भनेर। सेबोनको अध्यक्ष सन्दर्भमा ओलीले आफू निकटका व्यक्तिलाई नियुक्ति गर्न चाहन्थे।
ओलीले आफुनिकट व्यक्तिलाई अध्यक्ष बनाउनुपर्ने माग प्रचण्डसँग राखेका थिए। तर अर्थमन्त्री वर्षमान पुनले त्यो प्रस्ताव अस्वीकार गरेका थिए। उनले माओवादी निकट व्यक्तिलाई नै अध्यक्ष बनाउने प्रस्ताव अघि सारेका थिए।
सेवोन अध्यक्षमा आफूले भनेको व्यक्तिलाई नियुक्ति दिन प्रधानमन्त्री पुत्री गंगा दाहालको पनि ‘ठूलो इन्ट्रेष्ट’ रहेको सूचना सार्वजनिक पनि भएका छन्। जुन अस्वभाविक पनि छैन।
विगत साडे एक वर्षदेखि सरकारको नेतृत्व गर्दै आएका प्रधानमन्त्री दाहालले ६ महिनादेखि सेवोनको अध्यक्ष नियुक्ति गर्न ढिलाई गरेका थिए। जसका कारण नेपालका कुनै पनि संस्थाहरुले आईपीओ जारी गर्न समेत सकेका छैनन्। जसले गर्दा शेयर बजार खस्की रहेको छ।
सेवोन अध्यक्ष बन्न शक्ति केन्द्रहरु यसअघि डा.आरजु राणा र गंगा दाहालको धाउने गरेको समाचारहरु वाहिरिएका थिए। स्रोतका अनुसार सेवोन अध्यक्ष बन्न चाहनेले करोड नभएर अर्बैं रुपैयाँको सौदाबाजी गरेको चर्चा बजारमा छ।
सेवोन अध्यक्ष नियुक्तिका लागि सरकारले प्रक्रिया थालनी समेत गरेको थियो। सेबोनको अध्यक्षको लागि पहिलो चरणमा छानिएका पाँच उम्मेदवारमध्ये तीन जना अन्तर्वार्तामा सहभागी हुनै पर्छ। तर त्यो भएन।
छनोटमा परेका पाँचमध्ये सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्रै अन्तर्वार्तामा उपस्थित भए।
हाल नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज श्रेष्ठ र बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवि चापागार्इंलाई अर्थमन्त्री पुनको दबाबपछि अन्तर्वार्तामा उपस्थित नगराइएको स्रोतको दाबी छ।
माओबादीले कार्की, डा.नवराज श्रैष्ठ र चापागाईंमध्ये एक जनालाई छनोट गर्न चाहेको थियो। तर एमालेले सन्तोष नारायण र मुक्तिनाम मध्ये एक जनालाई अध्यक्ष बनाउन चाहेको थियो।
नेपाल धितोपत्र बोर्ड ऐनअनुसार छनोट समितिले बोर्डको अध्यक्षको नियुक्तिको लागि कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ।
२ जनामात्रै उपस्थित भएपछि सिफारिस प्रक्रिया अगाडि बढेको थिएन। एमाले अध्यक्ष ओलीले तीनजना अन्तरवार्तामा नआएनुको दोष प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री पुनलाई लगाउँदै आएका छन्।
पार्टीको कोष मजबुद बनाउने नाममा सेवोन अध्यक्षको नियुक्ति प्रकरणले अन्तत ओली र प्रचण्डको सम्वन्ध मात्रै विगारेन कि प्रचण्ड नेतृत्वको सरकार नै अवसानको भड्खालोमा जाकिन पुगेको छ।
‘अर्थमन्त्री हाम्रो हुने एमालेको कोटालाई धितोपत्र बोर्डमा किन नियुक्ती दिने?’ भन्दै माओबादीका अध्यक्ष दाहालले समेत पुनको अडानको समर्थन गरेका थिए। त्यसमा प्रधानमन्त्रीकी प्रमुख स्वकिय सचिव छोरी गंगा दाहालको प्रमुख भूमिका रहेको बताइन्छ।
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...