
काठमाडौं। कांग्रेस इतर समूहका नेता डा. शेखर कोइरालाले नयाँ सरकारमा पठाउने मन्त्रीको विषयमा आफू निकटका नेतासँग छलफल गरेका छन्।
आइतबार विशालनगरस्थित् कोइरालाको सचिवालयमा बसेको बैठकमा उनले पछिल्लो राजनीतिक अवस्था र आफ्नो समूहबाट सरकारमा सहभागी गराउने मन्त्रीको टुंगो लगाउन छलफल गरेका हुन्।
बैठकमा कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, नेताहरु बलबहादुर केसी, दिलेन्द्र प्रसाद बडू, डा.मिनेन्द्र प्रसाद रिजाल र डा.चन्द्र भण्डारीलगायतको सहभागिता थियो।
छलफलमा नेताहरूले आ–आफ्नो धारणा राखेका थिए। नयाँ सत्ता समीकरण भएसँगै मन्त्रीहरू टुंगो लगाउन दौडधुप जारी रहेको बेला बिकसित पछिल्लो राजनीतिक अवस्था र समुहबाट सरकारमा मन्त्री पठाउने बिषयमा आज कांग्रेस नेता शेखर कोइरालाले छलफल गरेका हुन्।


सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...