
काठमाडौं। काभा वुमन्स भलिबल नेसन्स लिगमा मालदिभ्सलाई सोझो सेटमा हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ। यो जितसँगै नेपालको भेट सेमिफाइनलमा इरानसँग पक्का भएको छ।
दशरथ रंगशाला कभर्ड हलमा सोमबार भएको खेलमा नेपालले २५–८, २५–१९ र २५–१८ को जित दर्ता ग¥यो । पहिलो सेटमा लगातार दबाब बनाउँदै जित निकालेको थियो।
दोस्रो सेटमा भने नेपालले बेन्चमा रहेका खेलाडीलाई मौका दियो। दोस्रो सेटमा भने नेपाललाई ५–५ को बराबरीसम्म टक्कर दिएको थियो। दोस्रो सेटमा १३ बराबरीसम्म पु¥याएको थियो।
१५–१३ को अवस्थामा नेपाललाई पछि छोड्यो। नेपालले त्यसपछि २ जना पहिलो रोजाइका खेलाडीलाई कोर्टमा ल्यायो। निरुता ठगुन्ना र लिबेरो सलिना श्रेष्ठ मैदानमा आएपछि नेपालले मालदिभ्सलाई १८–१८ मा आएर बल्ल भेटायो। त्यसपछि भने लगातार अग्रता बनाउँदै जित हात पा¥यो।
तेस्रो सेटको सुरुवातमा केहीबेर माल्दिभ्सले प्रतिस्पर्धा गरे पनि पछि भने नेपालले अग्रता बनाउँदै जित हात पा¥यो । सेमिफाइनल खेल मंगलबार हुनेछ।
पहिलो सेमिफाइनल ३ बजे भारत र श्रीलंकाबीच हुनेछ भने दोस्रो सेमिफाइनल ५ः१५ मा नेपालले इरानसँग खेल्ने छ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...