
काठमाडौं। नेपाली क्रिकेट टोली बैंगलोरको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसिए) मा दुई साता लामो प्रशिक्षणका लागि बैंगलोर प्रस्थान गरेको छ।
एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा परेको लिग–२ अन्तर्गत सेप्टेम्बरमा हुने त्रिकोणात्मक सिरिजको अन्तिम तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली तालिमको लागि भारत प्रस्थान गरेको हो।
नेपाल क्रिकेट संघ (क्यान)अनुसार नेपाली क्रिकेटका खेलाडीलाई भारत सरकारको बोर्ड अफ कन्ट्रोल फर क्रिकेटका सचिव जय शाहको पहलमा नेपाली टोलीलाई तालिमको व्यवस्था गरिएको हो।
बीसीसीआईको राष्ट्रिय क्रिकेट एकेडेमीमा सो तालिमको व्यवस्था गरेकोमा नेपाल क्रिकेट संघ क्यानले शाहप्रति आभा व्यक्त गरेको छ।
तालिमले क्रिकेटमा भविश्य देखेका दुबै देशबीच यो भ्रमण र अवसरले सुसम्वन्धलाई अझ बजबुद बनाउने क्यानले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएको छ।
नेपालले सेप्टेम्बरमा क्यानडामा ओमान र घरेलु टोलीबीच त्रिकोणात्मक सिरिज खेल्ने छ। नेपालको लिग–२ मा यो दोस्रो सिरिज हो।
यसअघि नेपालले एसिसी मेन्स प्रिमियर कपको तयारी गुजरातको वापीमा गरेको थियो। त्यति बेला गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसिएसनसँग नेपालले एसएमएस फ्रेन्डसिप कप टि ट्वान्टी प्रतियोगिता पनि खेलेको थियो।
नेपालले दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो। पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो। प्रत्येक टोलीसँग समान २ खेल खेल्ने प्रावधान रहेको छ।
नेपालले पहिलो राउन्डमा १ खेल मात्र जितेको थियो। स्वदेशमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई १ खेलमा पराजित गरेको थियो। गत साता क्यानले २२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो।
टोलीका कप्तान रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने क्यानडामा सोमबार सम्पन्न ग्लोबल टि ट्वान्टी लिग खेल्ने क्रममा त्यहाँ रहेका छन्।
बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीहरुमा
रोहित कुमार पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन झा, कमलसिंह ऐरी, रिजन ढकाल,सन्दीप लामिछाने, ललित राजवंशी, सुर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा छन्।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...