भारतले आज ७८औं स्वतन्त्रता दिवस मनाउँदै – Naya Bikalpa
July 31, 2026, Friday      Epaper

भारतले आज ७८औं स्वतन्त्रता दिवस मनाउँदै

एजेन्सी : भारतले आज आफ्नो ७८औं स्वतन्त्रता दिवस मनाउँदै छ । १९० वर्षसम्म अंग्रेजहरूले गरेको शासनपछि स्वतन्त्र भएको भारतले प्रत्येक वर्ष १५ अगष्टमा स्वतन्त्रता दिवस मनाउने गर्छ ।

सन् १९४७ अगस्ट १५ मा भारत बेलायतबाट स्वतन्त्र भएको थियो । त्यसपछि नै आधुनिक भारतले स्वतन्त्र राष्ट्रका रूपमा काम गर्न थालेको हो ।

स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राजधानी दिल्लीको लाल किलामा राष्ट्रिय झन्डा फहाराउने छन् भने देशबासीका नाममा सम्बोधन गर्नेछन् ।

‘विकसित भारत २०४७’ उदेश्यका साथ प्रधानमन्त्री मोदीले आज देशको विकाससँग सम्बन्धी आफ्नो विचार प्रस्तुत गर्नेछन् ।

समारोहमा ६ हजारभन्दा बढी विशेष अतिथिले सहभागिता जनाउने छन् भने विभिन्न राज्य, समुदायका व्यक्तिहरूले झाँकी, परेड लगायतका प्रस्तुत गर्नेछन् ।

सम्बन्धित समाचार

धार्मिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न प्रहरी महानिरीक्षक कार्कीको अपिल
धार्मिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न प्रहरी महानिरीक्षक कार्कीको अपिल
  • २०८१ श्रावण ३१, ०७: ३४

काठमाडौं : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले तराई-मधेशका केही क्षेत्रमा देखिएको साम्प्रदायिक तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सामाजिक...

बागमती प्रदेशमा सुरक्षा अवस्थाबारे समीक्षा गर्दै बागमती प्रदेश सुरक्षा समितिको बैठक सम्पन्न
बागमती प्रदेशमा सुरक्षा अवस्थाबारे समीक्षा गर्दै बागमती प्रदेश सुरक्षा समितिको बैठक सम्पन्न
  • २०८१ श्रावण ३१, ०७: ३४

हेटौंडा : सुनसरी घटना र त्यसबाट उत्पन्न परिस्थिति र बागमती प्रदेशमा सुरक्षा अवस्था बारे समीक्षा गर्दै शुक्रबार विहान बागमती प्रदेश...

देवानगञ्ज घटनाः पीडित परिवार र सरकारबीच ६ बुँदे सहमति
देवानगञ्ज घटनाः पीडित परिवार र सरकारबीच ६ बुँदे सहमति
  • २०८१ श्रावण ३१, ०७: ३४

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा श्रावण १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा...