अफ्रिकी मुलुकमा मंकीपक्सको संक्रमण फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा – Naya Bikalpa
July 31, 2026, Friday      Epaper

अफ्रिकी मुलुकमा मंकीपक्सको संक्रमण फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अफ्रिकी मुलुकहरुमा मंकीपक्स (एमपक्स)को संक्रमण बढेपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

पहिलो मंकीपक्स भनेर चिनिने अत्यधिक संक्रामक रोग एमपक्सका कारण कंगोमा चार सय ५० जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

अहिले यो संक्रमण मध्य र पूर्वी अफ्रिकामा फैलिरहेको छ । वैज्ञानिकहरूले यस रोगको नयाँ भेरियन्ट तीव्र फैलिरहेको र यसको उच्च मृत्युदरलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।

बुधबार बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य नियामकको आपतकालीन कमिटीको बैठकमा सदस्यहरुको सुझावपछि डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य आपतकाल घोषणा गरेका हुन् ।

कुनै रोगको संक्रमण तीव्ररुपमा फैलिने जोखिम देखेमा विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय कानूनअनुसार आपतकाल घोषणा गर्छ ।

मंकीपक्सको प्रारम्भिक लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने र मांसपेशी दुख्ने असर देखा पर्छन् । ज्वरो उच्च भएपछि शरीरमा बिमिराहरू देखा पर्न सक्छन् र यो अनुहारबाट शुरू भएर शरीरका अन्य भागमा फैलिन्छ । बिमिराहरू निकै चिलाउने वा दुख्ने हुन सक्छ ।

सम्बन्धित समाचार

धार्मिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न प्रहरी महानिरीक्षक कार्कीको अपिल
धार्मिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न प्रहरी महानिरीक्षक कार्कीको अपिल
  • २०८१ श्रावण ३१, ०८: ४५

काठमाडौं : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले तराई-मधेशका केही क्षेत्रमा देखिएको साम्प्रदायिक तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सामाजिक...

बागमती प्रदेशमा सुरक्षा अवस्थाबारे समीक्षा गर्दै बागमती प्रदेश सुरक्षा समितिको बैठक सम्पन्न
बागमती प्रदेशमा सुरक्षा अवस्थाबारे समीक्षा गर्दै बागमती प्रदेश सुरक्षा समितिको बैठक सम्पन्न
  • २०८१ श्रावण ३१, ०८: ४५

हेटौंडा : सुनसरी घटना र त्यसबाट उत्पन्न परिस्थिति र बागमती प्रदेशमा सुरक्षा अवस्था बारे समीक्षा गर्दै शुक्रबार विहान बागमती प्रदेश...

देवानगञ्ज घटनाः पीडित परिवार र सरकारबीच ६ बुँदे सहमति
देवानगञ्ज घटनाः पीडित परिवार र सरकारबीच ६ बुँदे सहमति
  • २०८१ श्रावण ३१, ०८: ४५

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा श्रावण १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा...