
काठमाडौं : घरेलु टोली नेपालले साफ यु–२० च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको हो । जितसँगै समूह ‘ए’ मा रहेको नेपालले महत्वपूर्ण तीन अंक जोडेको छ ।
नेपालका लागि निराजन धामीले गरेको गोल नै निर्णायक बन्यो। निराजनले २४औं मिनेटमा गोल गरेका थिए । नेपालले खेफमा गोल गर्ने अन्य राम्रा अवसर हरु बनाएपनि सदुपयोग गर्न सकेन ।
नेपालले दोस्रो खेल बिहीबार बंगलादेशसँग खेल्ने छ । श्रीलंकाले भने मंगलबार बंगलादेशसँग खेल्ने छ ।
च्याम्पियनसिपमा पाकिस्तान बाहेक दक्षिण एसियाको ६ टोली सहभागी छन् । ६ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाईएको छ र दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...