चौदण्डीगढीको अनियमिता रोक्न कांग्रेस नगर समितिद्वारा मेयरलाई ज्ञापन पत्र – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

चौदण्डीगढीको अनियमिता रोक्न कांग्रेस नगर समितिद्वारा मेयरलाई ज्ञापन पत्र

गाईघाट। उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा भएको अनियमितता र विकृति रोक्न माग गर्दै नेपाली कांग्रेसले माग गरेको छ।

पार्टीको उदयपुर जिल्ला १ नम्वर क्षेत्रस्य सभापति तथा पूर्वनगरप्रमुख खगेन्द्र राई नेतृत्वमा कांग्रेस चौदण्डीगढी नगर कार्यसमितिले शुक्रबार अनियमितता रोक्न माग गर्दै नगर प्रमुख (मेयर)लाई ध्यानकर्षण पत्र बुझाएको छ।

नगर प्रमुख कालुमान लामालाई नगर कार्यपालिकामा पुगेर ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो।

कांग्रेसको नगर कार्यसमितिले नगर अस्पतालमा नेपाल सरकारले तोकेको औषधि सेवाग्राहीले नपाएको, विमाबाट पाईने औषधिहरु नपाइएको, अस्पतालमा अकश्मिक सेवाको नाममा सेवाग्राहीबाट शुल्क लिने गरेको दाबी गरेको छ।

ज्ञापन पत्रमा प्रकृया पुरा नगरी औषधि तथा स्वास्थ्य उपकणहरु गरिद गरिएको, शिक्षा ऐन तथा संघीय परिपत्र विपरित शिक्षकलाई नगरमा शिक्षा विज्ञ भनी राखिएको र कृषि तथा भेटनरी कार्यालयलाई एनजीओ मार्फत काम गर्ने भन्दै कार्यकर्तालार्य भर्ना गरेको र सो कार्यालयबाट नगरवासीले कुनै सुविधान नपाएकोभन्दै आपत्ति जनाइएको छ।

‘शिक्षण अनुमतिपत्र नभएको तथा पार्टीआवद्ध भएकालाई नयाँ शिक्षक नियुक्ति गरिएको, गुणस्तरिय शिक्षाको नाममा अन्य पार्टीमा आस्था राखेकै कारण बर्षौंदेखि कार्यरत राहत, अनुदान तथा करार शिक्षकहरुको आत्मसम्मानमा ठेस पुग्ने गरी शिक्षा ऐन, नियमावलीको मर्म विपरित सरुवा गरिेको, म्याद थप नगरेको, शिक्षक संघका शिक्षकहरुलाई शिक्षक संगठनको सदस्यता रसिद जबर्जस्ती काट्न लगाइएको छ’ सो ज्ञापन पत्रमा भनिएको छ।

त्यस्तै, सरकारी सवारी साधन मोटरसाईकलाई व्यक्तिगत रुपमा निजी प्रयोजनका लागि रातो प्लेट लगाई दुरुपयोग गर्ने गरेको, करार कर्मचारीको म्यदा थपमा पार्टीको आस्थाका कारण विभेद गरेको र बिपतको बेलामा एउटा तारजाली माग्न आउँदा समेत नगरवासीमाथि अपमानित र अभद्र व्यवहार गरिएको भन्दै कांग्रेसले घोर भत्सर्ना गरेको छ।

ज्ञापन पत्रमा यस्ता निन्दनीय, गैरलोकतान्त्रिक निर्णय नगर्न र नगराउन नगर प्रमुख लामाको ध्यानकर्षण गराउँदै अन्यथा काुनी प्रक्रियामा जान आफूहरु बाधय हुने चेतावनी समेत दिइएको छ।

त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयम नगरपालिकाले लिनु पर्ने जनाइएको छ।

सो ज्ञापन पत्रमा कांग्रेसका क्षेत्रिय सभापति राई, पार्टीको चौदण्डीगढी नगरसभापति राजेन्द्र पौडेल, पार्टीको १ नम्वर प्रदेश समिति सदस्य जनक कार्की, १ नम्वर क्षेत्रिय सदस्य मौसम राई, पूर्वमहाधिवेशन प्रतिनिधि तेजराज तिम्सिना, नगर सचिवद्वय दिपक राउत र रोहितमान तामाङ्गले हस्ताक्षर गरेका छन्।

ज्ञापन पत्रमा हस्तक्षर गर्नेहरुमा प्रदेश समिति सदस्य नविन सुप्तिहाङ, नेपाल आदिवासी जनजाति संघको जिल्ला उपाध्यक्ष जितमान राई, नगर सभापति डम्बर बहादुर पुलामी, नगरको ६ नम्वर वडा सभापति हिराणि सेढाइँ, ९ नम्वर वडा सभापति शिव गेलाल, नेविसंघ नगर सभापति विशाल गेलाल, पार्टीको क्षेत्रिय प्रतिनिधि राजेन्द्र कार्की, नेविसंघ जिल्ला उपसभापति विवश राई र क्रियाशिल सदस्य हिरणकुमार बस्नेत छन्।

 

सम्बन्धित समाचार

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८१ भाद्र ७, १८: २१

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...

स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
  • २०८१ भाद्र ७, १८: २१

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०८१ भाद्र ७, १८: २१

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...