
काठमाडौं। बुधबार बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक महामन्त्रीद्वयको प्रस्तावमाथि सहमति जुटाउन भनदै भदौ १६ गते आइतबारलाई सरेको छ।
कांगेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै भदौ १६ गते दिउँसो २ बजे बस्ने जानकारी दिएका छन्।
महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा रहेको आगामी निर्वाचनमा कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने, महाधिवेशनको मिति तत्कालै निर्धारण गरी २०८२ मंसिरसम्ममा गरिसक्ने र पार्टीको तर्फबाट नेतृत्वमा रहनेको एक्जिट पोलिसी बारे सहमति जुटन सकेको छैन।
महामन्त्रीद्वय थापा र शर्माले गत माघमा गोदावरीमा भएको महासमिति बैठकमा पेश गरी पारित भएको प्रतिवेदनलाई संशोधन सहित कसरी पारित गर्ने भन्ने विषयमा पदाधिकारीबीच नै सहमति जुट्न सकेको छैन।
गत साउन २३ गतेदेखि शुरु पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा अब महामन्त्री, उपसभापति र सभापतिले बोल्न बाँकी छ। त्यसपछि महासमिति बैठकमा पेश भएका प्रतिवेदनहरु पास गर्नुपर्नेछ।
सहमति जुटाउने उद्देश्यले सभापति शेरबहादुर देउवाले मंगलबार उपसभापतिद्वय र महामन्त्रीहरुलाई वुढानिलकण्ठ आफ्नै निवासमा बोलाएर छलफल गरेका थिए। तर सहमति नजुटेपछि केन्द्रीय कार्यसमिति बैठक नै बुधबारबाट आगामी आइतबारसम्मका लागि सारिएको थियो।
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...