
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपालमा आधुनिक नयाँ रंगशाला बनाउन प्रारम्भिक चरणमा २२ लाख डलर छुट्याउने निर्णय गरेको छ।
एन्फा केन्द्रीय कार्यसमितिको मंगलबार र बिहीबार बसेको बैठकले नेपालमा नयाँ रंगशाला अति आवश्यक देखिएकाले जग्गा उपलब्ध गराउन सरकारलाई आग्रह गर्ने निर्णय समेत गरेको छ।
एन्फाले २५ देखि ४० हजार दर्शक क्षमताको रंगशाला बनाउने जनाएको छ।
नयाँ रंगशालाका निम्ति जग्गा प्राप्त गर्न सरकारसँग समन्वयन गर्न उपाध्यक्ष दीपक खतिवडाको संयोजकत्वमा तीन सदस्यीय समिति समेत गठन गरेको छ। समितिमा उपाध्यक्ष दावा लामा र कार्यसमिति सदस्य मनिष जोशी सदस्य छन्।
एन्फाले दशरथ रंगशालाको संरक्षण अधिकार राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट संघका निम्ति माग्ने भएको छ। बैठकले रंगशालाको स्तरोन्नतीका निम्ति तीन लाख डलर विनियोजन गर्ने निर्णय गरेको छ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...