
काठमाडौं। पारा ओलम्पिकमा नेपाललाई कास्य पदक दिलाएकी तेक्वान्दोकी खेलाडी पलेशा गोबद्र्धनलाई काठमाडौं महानगरपालिकाले ५ लाख रुपैयाँ नगदले पुरस्कृत गरेको छ।
महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलले एक विशेष कार्यक्रममा पलेशालाई ५ लाख रुपैयाँसहित सम्मान र कोच कविराज नेगीलाई ३ लाख रुपैयाँ पुरस्कार दिएका हुन्।
त्यसअघि ओलम्पिकमा सहभागी भई बुधबार बिहान नेपाल फर्किएकी पलेशालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो।
उनलाई पञ्चेबाजासहित स्वागत गरिएको थियो। पलेशाको स्वागतमा राष्ट्रिय खेलकुद परिषदका विशिष्ट पदाधिकारीहरु विमानस्थल पुगेका थिए।
विमानस्थलबाट पलेशालाई नगर परिक्रमा गराइएको थियो। नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा पदक जितेकी पलेशालाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुर्याएर स्वागत गरिएको थियो ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...