
झापा। चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसार्इंलाई प्रहरीले आईतबार पक्राउ परेपछि झापामा गएराती तीन वटा भारतीय मालबाहक ट्रकमा आगजनी गरिएको छ।
गए राती ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालबाहक ट्रकमा करिव पाँच जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका थिए। सो आगलागीलाई बिर्तामोड नगरपालिकाको दमकलले निभाएको प्रहरीले जनाएको छ।
त्यसैगरी, आज बिहान ३ बजेतिर बिर्तामोड नगरपालिका–६ स्थित गिरिबन्धु टि–स्टेट नजिक डब्लूबी–७३ ई–३०५७ नम्बरको मालबहाक ट्रकमा आगजानी भएको प्रहरीले जनाएको छ।
६ वटा मोटरसाइकलमा आएका १२ जनाको समुहले ट्रकमा आगजनी गरेको चालकलाई उदृत गर्दै प्रहरीले जनाएको छ।
ट्रकमा आगजनी गर्दा चालक पनि घाइते भएका छन्। उनको शरीरको केही भागमा आगोले पोलेको प्रहरीको भनाई छ। नाम खुल्न नसकेका उनको स्थानीय अस्पतालमा उपचार भईरहेको छ।
सोमबार बिहान झापाको धाइजनमा डब्लूबी–७३ ई–३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी भएको छ। यी सबै घटनामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकको संलग्नता रहेको हुन सक्ने प्रहरीले आशंका गरेको छ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...