
काठमाडौं। काठमाडौंको ठमेलको एक रेष्टुरेण्टबाट होहल्ला र गुण्डागर्दी गरेको आरोपमा ६३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत लैनचौरले ठमेलस्थित एक रेस्टुरेन्टबाट आइतबार राति ६३ जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सोनाम गुरुङ, विनोद रावल, निराजन डाँगी, राजन गिरी, विकास सिजापती, सेकेन्धर सुनार, ऋषि योगी, दिनेश विष्ट, सुशान्त भुल, विमल मगर, सुमन क्षेत्री, सम्राज परियार, सरोज थापामगर, प्रज्वल बस्नेत र आकाश सुनार हुन्।
त्यस्तै, सरोज नेपाली, निराजन गिरि, विश्व श्रेष्ठ, पङ्कज गुरुङ, माधव खतिवडा, पुष्प खत्री, विनोद रावल, सेक्सपियर थापा, परम बडुवाल, सुनिल भण्डारी, गौरव कठायत, कमल सिंह ठकुरी, दीपेन्द्र बोहोरा, सन्तोष राई, स्रवन राई, निरज गुरुङ र धनबहादुर शाही पनि पक्राउ परेका छन्।
प्रहरीले गुण्डागर्दी गरेको आरोपमा बालकृष्ण मगर, आनन्द श्रेष्ठ, सुमन लामा, धिरज माझी, निरण लामा, निरज भुजेल, सन्जय श्रेष्ठ, मन्जिन खनाल, प्रतिक महत र विकास महर्जनसहित ६३ जनालाई पक्राउ गरेको लैनचौर प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि छानबिन सुरु भएकाले मुद्दा चलाउने नचलाउनेबारे निर्क्यौल हुने लैनचौर प्रहरी वृत्तले जनाएको छ ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...