
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज अन्तर्गत आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार राति पाैने ९ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने छ ।
यस सिरिजमा नेपालले तीन खेलमा हार व्यहोरिसकेको छ । नेपालले क्यानडासँगका दुवै खेलमा हार व्यहोरेको छ भने ओमानविरुद्धको पहिलो खेलमा पनि हार व्यहोरेको छ । नेपाल र ओमानबीच अहिलेसम्म कूल ८ एकदिवसीय खेल भएका छन् । जसमा ओमानले ५ खेल जितेको छ भने नेपालले ३ खेल जितेको छ ।
नेपालले लिग-२ मा अहिलेसम्म ७ खेल खेलेको छ । जसमा एक जित हासिल गरेको छ भने ६ खेल हार व्यहोरेको छ ।
यो सिरिजपछि नेपालले क्यानडा र ओमानसँगै टी-२० सिरिज पनि खेल्नेछ । त्यसपछि नेपालले क्यानडा वा ए टोलीसँग थप दुई एकदिवसीय अभ्यास खेल खेल्ने सम्भावना छ ।
यो सिरिज सकेर नेपाल लिग-२ का लागि अमेरिका जानेछ । त्यहाँ अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी-२० आई दुवै सिरिज हुनेछ ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...