जिप्रका धनुषाको हिरासतबाट भागेका सबै थुनुवा पक्राउ, छानबिन गर्न दुई समिति – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

जिप्रका धनुषाको हिरासतबाट भागेका सबै थुनुवा पक्राउ, छानबिन गर्न दुई समिति

जनकपुरधाम। जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट फरार भएका सबै थुनुवालाई प्रहरीले पुनः पक्राउ गर्न सफल भएको छ।

मधेश प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय, धनुषाबाट खटिएको प्रहरीको टोलीले हिरासतबाट फरार भएका ९ जनै थुनुवालाई पक्राउ गरेको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जनाए।

सोमबार बिहान साढे ३ बजे जिप्रका धनुषाको जनकपुरधामस्थित हिरासत कक्षको भेन्टिलेसन फोडेर ९ जना थुनुवा फरार भएका थिए।

घटनालगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो भने पाँच जना सोमबार दिउँसो धनुषाको लखौरीबाट पक्राउ परेका थिए।

फरार भएका बाँकी विशाल मुखिया र मनिस मुखियालाई सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक तिवारीले बताए।

प्रहरी हिरासतबाट सिराहा नगरपालिका– १३ का ३३ वर्षीय अभास्करकुमार यादव, जनकपुरधाम उपमहानगरपालिका– २१, रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका– ७, गिद्धाबेलापट्टीका २६ वर्षीय मनिस मण्डल, २४ वर्षीय रोशनकुमार मण्डल, धनुषाको औरही गाउँपालिका– २ का २३ वर्षीय विशाल मुखिया, जनकपुरधाम उपमहानगरपालिका– १ का १७ वर्षीय सुमित मेस्तर, नगराइन नगरपालिका– २ का १८ वर्षीय मनिा मण्डल र जनकपुरधाम– ४ का २२ वर्षीय विक्की कार्की फरार भएका थिए ।

उनीहरूमध्ये ६ जना लागुऔषध र तीन जना शान्ति सुरक्षा तथा अभद्र व्यवहार मुद्दामा पक्राउ परेका हुन् ।

थुनुवा भाग्नु ठूलो लापर्बाही भएको भन्दै मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि अचार्यले प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्र गुरुङको नेतृत्वमा छानबिन समिति गठन गरेका हुन् ।

घटनाबारे छानबिन गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले पनि प्रहरी नायब उपरीक्षक रञ्जन अवाको नेतृत्वमा समिति गठन गरेको छ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ आश्विन ८, १६: १६

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ आश्विन ८, १६: १६

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ आश्विन ८, १६: १६

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...