
दमक। प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला दमकमा आफ्नै घरमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लाग्दा सफारी चालकको निधन भएको छ।
मङ्गलवार बिहान ९ः३० बजे दमक नगरपालिका–८ मा सिटी सफारी चार्ज गर्ने करेन्ट लागेर सफारी चालक २६ वर्षीय कमल बुर्जामगरको निधन भएको छ।
डेरा बस्ने घरमा सिटी सफारी चार्ज गर्ने क्रममा बिद्युत् सर्ट भई करेन्ट लाग्दा घाइते भएका बुर्जामगरलाई तत्काल उपचारको लागी दमक अस्पताल लगिएकोमा थप उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
इलाम जिल्लाको माई नगरपालिका–५ घर भएका मृतक दमक नगरपालिका–८ डेरा लिएर बस्दै आएका थिए।
भदौ ३१ गते पनि झापाको गौरीगञ्ज गाउँपालिका–२ मा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर चालकको निधन भएको थियो। यो गाउँपालिका पनि प्रधानमन्त्री ओली तथा कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको निर्वाचन क्षेत्रमा पर्छ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...