नागरिक उन्मुक्तिका रेशम–रञ्जितालाई छाडेर केन्द्रीय उपाध्यक्षसहित २६ जना महतोको पार्टीमा – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

नागरिक उन्मुक्तिका रेशम–रञ्जितालाई छाडेर केन्द्रीय उपाध्यक्षसहित २६ जना महतोको पार्टीमा

काठमाडौं। २०७२ भदौमा भएको ‘टिकापुर प्रकरण’बाट रेशम चौधरीले निर्माण गरेको नागरिक उन्मुक्ति पार्टीलाई केन्द्रीय उपाध्यक्षसहित २६ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरु राजेन्द्र महतो नेतृत्वको पार्टीमा प्रवेश गरेका छन्।

संघीय संसदमा झण्डै राष्ट्रिय मान्यताप्राप्त दल बनेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र उनकी पत्नी एवम् पार्टीकी रञ्जिता श्रेष्ठलाई छाडेर पार्टीका केन्द्रीय उपाध्यक्ष विजयकुमार यादवसहित २६ जना राजेन्द्र महतोको नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति पार्टीमा प्रवेश गरेका हुन्।

यादवसहित उनीहरुले आज संयुक्त विज्ञप्ति जारी महतोको राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेका हुन्।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा शीर्ष तहमा विभिन्न जिम्मेवारीमा रहेको केन्द्रीय नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको गुनासो गर्दै नाउपा परित्यागको घोषणा गरेका हुन्।

‘हामीलाई पहिचान सहितको सङ्घीयता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकास र समाजवादी आन्दोलनको मूल प्रवाहबाट पृथक रहने छुट छैन भन्ने हामीले महसुस गरेका छौँ’ उनीहरुले विज्ञप्तिमा भनेका छन्– ‘अहिले मुलुकले बहुल राष्ट्रिय राज्य स्थापना सहितको समाजवादी राजनीतिक नेतृत्वको साथ सही राजनीतिक कार्यक्रम, राजनीतिक कार्यदिशा दिन सक्ने विचारको खोजी गरिरहेको समेत हामीले महसुस गरिरहेका छौं।’

 

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ आश्विन ९, १४: ४८

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ आश्विन ९, १४: ४८

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ आश्विन ९, १४: ४८

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...