
काठमाडौं। नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीले विभिन्न सहकारीबाट रकम ल्याएर गोरखा मिडिया प्रालिमार्फत संचालित ग्यालेक्सी फोके टेलिभिजन संचालन गर्ने सारा आईडिया संस्थाका प्रवन्ध निर्देशक रबी लामिछानेकै रहेको बताएका छन्।
काठमाडौंमा पक्राउ परी जिल्ला सरकारी वकिलको कार्यालय काश्कीको रोहवरमा रहेका प्रहरीलाई गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया रवकै भएको बयान छबीलाल जोशीले दिएका छन्।
‘सहकारीको रकम गोर्खा मिडियामा ल्याउने र त्यसको तजबिजी रवी र जीबीबाटै भएको हो। म सुरुवाती चरणमा सञ्चालक समिति उपाध्यक्ष थिएँ, गलत संगतमा परेको बुझेर बेलैमा बाहिरिएँ,’ हिजो जोशीले दिएको बयान उद्धृत गर्दै एक प्रहरी अधिकारीले भने।
छबीलालले बयानमा भनेका थिए, ‘जीबीले त सहकारीबाट रकम निकाल्दै आएका हुन्। गोरखा मिडियामा रकम ल्याएर खर्च गर्ने आइडिया रविकै हो। भव्य नाफा हुन्छ भन्दै पावरप्वाइन्टमा देखाएर जीबीलाई उचाल्ने रवि नै हुन्। रवीले जीबीलाई भगवान् नै भनेर उचालेका थिए।’
प्रहरीले जानकारी दिएअनुसार जोशीकै बयानका आधारमा रवी लामिछानेमाथि समेत पक्राउ अनुमति लिने कास्की प्रहरीको तयारी छ। उनका साझेदार जीबी राइविरुद्ध भने गएको वर्ष नै पक्राउ पुर्जी जारी भएको थियो।
तर, उनलाई तत्कालिन सहकारी विभागका प्रमुखहरुले नै भगाएर विदेश पुर्याउन विदेश जाने बाटो खोलिदिन अध्यागमन कार्यालयलाई पत्राचार गरेका थिए।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...