
काठमाडौं। देशका विभिन्न स्थानमा परेको चट्याङले लागेर एकैदिन छ जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।
कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ। दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षे यामबहादुर सुनार र लालझाडी गाउँपालिका–१ की २८ वर्षीया हिरामती रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। दोधारा चाँदनी–६ का जगदीश सुनार घाइते भएका छन्।
लुम्बिनी प्रदेशको दाङमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
घोराही उपमहानगरपालिका–११ खुङकोटकी ४२ वर्षीया निमकली साहु, ६ वर्षे छोरी सविना र तीन वर्षे छोरा समिर घाइते भएकोमा समिरको उपचारका क्रममा ज्यान गएको छ।
आमा र छोरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उनीहरूलाई आफ्नै घरमा चट्याङ लागेको हो।
रोल्पाको त्रिवेणी गाउँपालिका–५ हाङजावाङमा चट्याङ लागेर चन्द्रकली वलीको ज्यान गएको छ। मोरङको मिक्लाजुङ गाउँपालिका–३ तेह्रथुमे टोलमा घर बनाउने काम गरिरहेका झापाका कुमार मोतेको पनि चट्याङ लागेर ज्यान गएको छ।
सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित बुढीगङ्गा नगरपालिका–४ बानेगाउँमा चट्याङ लागेर खम्ब कटुवालको ज्यान गएको प्रहरीले जनाएको छ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...