
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन वा बेलुन उडाउन नागरिक उड्डयन कार्यालयले प्रतिबन्ध लगाइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विहीबार एक सूचना जारी गर्दै चङ्गा, ड्रोन वा बेलुन नउडाउन र लेजर लाइट प्रयोग नगर्न सर्वसाधरणलाई सूचना जारी गरेको छ।
दशैं नजिकिएसँगै चङ्गा उडाउने गरिएकोमा हवाई सुरक्षामा गम्भिर असर पुग्नसक्ने भन्दै कार्यालयले एक सूचना जारी गर्दै हवाई जहाज उड्ने क्षेत्रमा चङ्गा, बेलुन वा ड्रोन उडाउन प्रतिबन्ध लगाइएको हो ।
सूचनाको अवज्ञा गरेमा कानुन बमोजिम कारबाही हुने कार्यालयले चेतावनी समेत दिएको छ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...