
दैलेख। दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले एकैपटक ७१ जना करास सेवाका कर्मचारीको करार सेवा सम्झौता रद्द गरेर दशैंको मुखमा जागिर खोसेको छ।
गत असोज ३ गते बसेको कार्यापालिका बैठकले करार सेवाका कर्मचारीहरुलाई आन्तरिक आम्दानी नभएको भन्दै ७१ जनाको करार सेवा सम्झौता रद्द गरेको हो।
सामाजिक परिचालक, पशुसेवा प्राविधिक, कृषि सेवा प्राविधिक, अनमी चौथो, अहेव चौथो, नगर प्रहरी, अनमी, कार्यालय सहयोगी र कुचिकार गरी ७१ जनाको करार सेवा सम्झौता रद्द गरेको नगरपालिकाले जनाएको छ।
एकैपटक ७१ जनाको करार सेवा सम्झौता रद्द भएपछि पालिकाको वडा नं १, ६ र ७ का वडा कार्यालय सहयोगीको भरमा चलिरहेका छन्। वडा नं. ६ र ७ को समस्या पनि उस्तै छ।
सहयोगीको भरमा कार्यालय चलाउदा वडा कार्यालयले सेवाग्राहीलाई सामान्य सिफारिस दिन पनि सकेको छैन।
सरकारले वैदेशिक ऋण लिएर गाउँको विकासका लागि समानीकरण रकम खर्च गर्नुपर्नेमा तलव भत्तामा खर्च भुक्तानी गरि अपलचन गरेको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि साउन र भदौं महिनाको तलव रावश्व वाडफाँटबाट दिने गरि कर्मचारीको करार सेवा रद्ध गरिएको नगरपालिकाकाले जनाएको छ।
आन्तरिक राजस्वबाहेक विकासको पैसाले कर्मचारी राख्न नपाईने हुँदा एकैपटक यतिका कर्मचारी हटाउनु परेको पालिकाका प्रवक्ता रत्नबहादुर शाहीले बताए।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...