माइक्रोसँग दूध वोक्ने ट्याङ्कर ठोक्किदा मुग्लिङ–नारायणगढ सडकमा १६ जना घाइते – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

माइक्रोसँग दूध वोक्ने ट्याङ्कर ठोक्किदा मुग्लिङ–नारायणगढ सडकमा १६ जना घाइते

भरतपुर। मुग्लिङ–नारायणगढ सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका –२९ पन्ध्रकिलो भन्ने स्थानमा सवारी दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

मुग्लिङबाट नारायणगढ जाँदै गरेको बा ३ ख १७५२ नम्बरको माइक्रो र नारायणगढबाट मुग्लिङ आउँदै गरेको बा.प्र.०३–००१ ख २६२२ नम्बरको दूध बोक्ने ट्याङ्कर गएराति साढे ११ बजेतिर ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।

प्रहरीका अनुसार घाइते सबै माइक्रो बसका चालकसहितका यात्रु हुन्। दुर्घटनामा घाइते भएकामध्ये १६ जनालाई चितवन मेडिकल कलेजमा उपचार गराइएको छ। चारजनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त ट्याङ्कर चालक २९ वर्षीय पेमा लामा इलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ आश्विन ११, १५: ०१

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ आश्विन ११, १५: ०१

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८१ आश्विन ११, १५: ०१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...