
काठमाडौं। बाढी, डुवान र पहिरोको संकटमा परेका र चाडपर्वको अवसरमा मौका छोपेर नेपालका वायुसेवा कम्पनीले हवाइ भाडामा मनोमानी असुल्न थालेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाबाटै विमान कम्पनीलाई पहिलेभन्दा सहुलियत मूल्य वा पुरानै दरमा टिकट बिक्री गर्न अनुरोध गरेका थिए।
पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले पनि सचिवालयमार्फत टिकट घटाउन आग्रह गरेकोमा वायुसेवा कम्पनीले टिकटको मूल्य घटाएको दाबी गरेका थिए।
त्यसपछि आइतबार वायुसेवा सञ्चालक संघले असोज १६ गतेसम्म नेपाल सरकारले तोके बमोजिम लिँदै आएको अधिकतम मूल्य (अपर लिमिट) को भाडादरमा टिकट नबेच्ने निर्णय गरेको थियो।
मन्त्रालयको पहलमा नागरिक उड्डयन प्राधिकरणसँग आज बसेको बैठकपछि हवाई कम्पनीहरुको संस्था वायुसेव सञ्चालक संघ नेपालले विज्ञप्ति जारी गरी सरकारले तोकेको अधिकतम् भाडादरमा केही दिनका टिकट नबेच्ने निर्णय गरेको जनाएको थियो ।
ृसरकारले दिएको निर्देशनलाई स्वीकार गरे जस्तो गरेका बायुसेवा संचालकहरुले दुई दिन मात्र भाडा घटाएका छन् भने त्यसपछि नियमित भाडाको ५० प्रतिशतदेखि सतप्रतिशतसम्म बढी भाडा असुल्ने भएका छन् ।
राज्यको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र नागरिक उड्डयन मन्त्रालयले कडा निर्देशन दिन नसक्दा बायु सेवा कम्पनीको प्रभावमा परेर उनीहरुलाई मनलाग्दी भाडा असुल उपर गर्न छुट दिने गरिएको छ।
वायु सेवा कम्पनीका संचालकहरुको पहुँच र प्रभाव सरकारका मन्त्रीदेखि प्रधानमन्त्री र व्यापारिक घरानादेखि लिएर सुरक्षा र निजामति सेवाका प्रभावशालीसँगको सम्वन्धका कारण उनीहरु मौकामा यात्रुबाट वैधानिक लुट मच्चाइ रहेका छन् ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....