दश दिनभित्र विपदमा हराए वा फेला नपरे मृतकसरह राहत दिइने – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

दश दिनभित्र विपदमा हराए वा फेला नपरे मृतकसरह राहत दिइने

काठमाडौं। विपद् व्यवस्थापन कार्यकारिणी समितिले मनसुनजन्य विपद्बाट बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ।

सिंहदरबारमा सोमबार बसेको समितिको बैठकले बेपत्ता भएको १० दिनसम्म पनि फेला नपरे मृतकसरह नै राहत रकम परिवारलाई उपलब्ध गराउने निर्णय भएको हो।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता ऋषिराम तिवारीले समितिले खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिने निर्णय समेत गरेको बताए।

विपद्मा घरवास गुमाएका परिवारलाई अस्थायी आवास निर्माणका लागि विपद् प्रभावित व्यक्तिहरुका लागि सात दिनभित्र अस्थायी आवास निर्माण अनुदान सम्बन्धी मापदण्ड, २०८१ बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने निर्णय गरेको छ।

यो जिल्ला विपद् व्यवस्थापन समितिबाट उपलब्ध हुने पनि प्रवक्ता तिवारीले बताए। समितिले राजमार्गमा अलपत्र परी गन्तव्यमा पुग्न नसकेका यात्रुलाई गन्तव्यसम्म पुग्ने व्यवस्था गर्न अवरुद्ध सडक यथाशिघ्र सञ्चालन गर्ने व्यवस्था भौतिक पूर्वाधार मन्त्रालयले मिलाउने निर्णय गरेको छ।

सम्बन्धित समाचार

नेपाल बैंकले मनायो ९०औँ वार्षिकोत्सव, उत्पादनशील क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको जोड
नेपाल बैंकले मनायो ९०औँ वार्षिकोत्सव, उत्पादनशील क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको जोड
  • २०८१ आश्विन १४, १८: १०

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ आश्विन १४, १८: १०

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ आश्विन १४, १८: १०

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...