
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्तहरूले सात दिनको तलब बाढीपहिरो पीडितलाई दिने भएका छन्।
प्रमुख आयुक्त÷आयुक्तहरूले आफ्नो ७ दिनको तलब बाढीपहिरो पीडितलाई सहयोग गर्ने निर्णय गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जनाए। अख्तियारमा १ प्रमुख आयुक्त र चार जना आयुक्तहरु कार्यरत छन्।
त्यस्तै सचिवले पाँच दिनको, सहसचिव र उपसचिवस्तरका कर्मचारीहरूको तीन दिन, शाखा अधिकृत वा सो सरहका कर्मचारीहरूको दुई दिन र अन्य कर्मचारीहरूको एक दिनको तलब बराबरको रकम प्रदान गर्ने भएका छन्।
उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने अख्तियारले निर्णय गरेको छ ।
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...