काठमाडौंबाट २९ जुवाडे पक्राउ – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

काठमाडौंबाट २९ जुवाडे पक्राउ

काठमाडौं। प्रहरीले काठमाडौंका दुई स्थानबाट जुवा खेलिरहेका २९ जनालाई मंगलबार राति पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका वडा नं.– २६ मित्रनगरस्थित रामशरण पाण्डेको त्रिपुरासुन्दरी होटल एण्ड लजमा कौडा खेलिरहेको अवस्थामा काभ्रे तेमाल घर भई बौद्ध बस्ने २८ वर्षीय सोमबहादुर तामाङलगायत १३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।

गोँगबु प्रहरीले उनीहरूलाई नगद ५ लाख ६ हजार रूपैयाँ, ४५ थान कौडा र ४ थान मोबाइलसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

यस्तै, कागेश्वरी मनोहरा नगरपालिका ९ सनसिटी लाइफ बेकरीस्थित अनिता राईको घरमा कौडा खेलिरहेको अवस्थामा भक्तपुर चाँगुनारायण नगरपालिका २ घर भएका ४२ वर्षीय नवराज श्रेष्ठसहित १६ जनालाई गत राति प्रहरीले पक्राउ गरेको छ।

उनीहरूको साथबाट ६ लाख ४२ हजार ५ सय रूपैयाँ नगद र २२ थान मोबाइल तथा १७ थान कौडा पनि बरामद भएको छ।

 

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ आश्विन १६, १४: ५०

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ आश्विन १६, १४: ५०

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८१ आश्विन १६, १४: ५०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...