सिस्नेरी पहिरोमा परि मृत्यु भएका ६ खेलाडीका परिवारलाई एनआरएनए मलेसियाद्वारा एक,एक लाख राहत – Naya Bikalpa
November 16, 2026, Monday      Epaper
‘कुलेखानीले जोखिमपूर्ण भन्दै सूचना दिँदा खेलाडीलाई सुरक्षीत स्थानमा नलैजानु रहस्यम’

सिस्नेरी पहिरोमा परि मृत्यु भएका ६ खेलाडीका परिवारलाई एनआरएनए मलेसियाद्वारा एक,एक लाख राहत

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरीमा पहिरोमा पुरिएर मृत्यु भएका ६ किशोर खेलाडीका परिवारलाई एक,एक लाख रुपैयाा राहत दिने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामाको पहलमा एनआरएनए मलेसियाले प्रत्येक खेलाडीका परिवारलाई एक,एक लाख गरी ६ लाख दिने भएको हो।

एनआरएनए मलेसियाका पदाधिकारीले आगामी साता नेपाल आएर मृतकका परिवारलाई राहत रकम हस्तान्तरण गर्ने बताइएको छ।

शुक्रबार नै कुलेखानी जलविद्युत आयोजनाको बाँधमा पानीको सहत बढ्दै गएपछि आयोजनाले बेलुकीसम्म वाँधको ढोका खोलिने भएकाले आयोजनाको तल्लो तटिया भाग सिस्नेरीसहित बागमति नदीको संगमस्थलसम्म खोलामा पानीको सतह बृद्धि हुने हुँदा सिस्नेरी खोला किनारामा जोखिम बढ्ने सूचना र चेतावनी दिएको थियो।

तर, सिस्नेरी खोला किनारा र खोला सतहभन्दा न्युन उचाईमा रहेको वत्सलादेवी माविको छात्रवासमा बसिरहेका विद्यार्थीलाई शुक्रबार रातिसम्म पनि सुरक्षीत स्थानमा नलगिएका कारण शनिबार विहान कुलेखानी आयोजनाको बाँधका दुबै ढोका खोल्दा सिस्नेरी खोलामा बाढी आएको थियो।

बाढीसँगै पहिरो आउन थालेपछि मात्र छात्रवासका विद्यार्थीलाई सुरक्षित स्थानतर्फ लैजाने क्रममा पहिरोमा परेर ६ जना विद्यार्थीको मृत्यु भएको थियो भने अन्य एक दर्जनको जोखिमपूर्ण अवस्थामा उद्धार भएको थियो।

सो घटनाका दोषीमाथि एन्फा र सरकारको कुनै पनि निकायले छानबिन नगर्दा उद्धार गरिएका ३४ जना विद्यार्थी र मृत्यु भएका विद्यार्थीका परिवारहरु एन्फा र सो विद्यालयका प्रधानाध्यापकप्रति आक्रोसित छन्।

जोखिमपूर्ण अवस्था रहेको थाहा पाउँदा पाउँदै विद्यालयले छात्रावासबाट विद्यार्थीले सुरक्षित स्थानतफै शुक्रबार दिउँसोसम्म किन नलगिएको भन्दै पीडितको जिज्ञासाको जवाफ कुनै पनि निकायले दिएको छैन। त्यसैले सो घटना रहस्यमय बन्दै गएको छ।

घटनामा मकवानपुर हेटौंडाका अनुपम घलान, साइमन योञ्जन, सिस्नेरीका दिवस बानियाँ, बारा निजगढका विकल रेग्मी, काठमाडौंका प्रियान्स आचार्य र सर्लाहीका आदित्य बलमपाकीको मृत्यु भएको थियो ।

४० जना विद्यार्थी एन्फा एकेडेमीको क्याम्पमा प्रशिक्षण लिइरहेका थिए। भने स्थानीय वत्सलादेवी माविमा अध्ययन गरिरहेका थिए। ३४ जना विद्यार्थीको भने उद्धार गरिएको थियो।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ आश्विन १७, १६: ०२

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

नेपाल बैंकले मनायो ९०औँ वार्षिकोत्सव, उत्पादनशील क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको जोड
नेपाल बैंकले मनायो ९०औँ वार्षिकोत्सव, उत्पादनशील क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको जोड
  • २०८१ आश्विन १७, १६: ०२

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ आश्विन १७, १६: ०२

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....