
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह र भूटानका पूर्वनरेश जिग्मे सिग्मे वाङ्चुकबीच थिम्पुमा भेटवाता भएको छ।
भुटानका नरेश जिग्मे खेसार नामग्याल वाङचुकको निमन्त्रणामा भुटानका राजपरिवारका सदस्यसँगको भेटावार्ताको क्रममा पूर्वराजा ज्ञानेन्द्रले जिग्मे सिग्मेसँग शुक्रबार भेट गरेका हुन्।
परिवारका केही सदस्यसहित भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र र जिग्मे सिग्मेबीच थिम्पुस्थित डेचेन छोलिंग राजप्रसादमा भेट भएको हो।
सेन्ट जोसेफ कलेज दार्जेलिङका एलुम्नाई र सहपाठी समेत रहेका शाह र वाङचुकबीचको भेटपछि भुटानी जिज्यु मुमा बडामहानीसँग पनि भेट भएको थियो ।
शाहले थिम्पुमा भुटानी नरेस जिग्मे खेसार नामग्याल वाङ्चुककी ९४ वर्षीया हजुरआमा महारानी केसाङ छोदेनलाई भेट गरेका हुन्। उक्त अवसरमा पूर्वराजा ज्ञानेन्दकी छोरी प्रेरणा र भतिजी शितास्मा पनि सहभागी थिए।

पूर्वराजा ज्ञानेन्द्र छोरी प्रेरणा, भतिजी शितास्मा शाह र सचिवालयका केही सहयोगीहरूसहित बिहीबार भुटान गएका थिए।
शाहलाई पारो विमानस्थलमा भुटानकी राजकुमारी पेम ल्हादेन पेम वाङचुकले स्वागत गरेकी थिइन्। पूर्वराजा शाह आइतबार काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...