आइजिपी कुँवरविरुद्ध सरुवा र बढुवामा असुली गरेको भन्दै संसदीय समिति, अख्तियार र गृहमा उजुरी – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

आइजिपी कुँवरविरुद्ध सरुवा र बढुवामा असुली गरेको भन्दै संसदीय समिति, अख्तियार र गृहमा उजुरी

काठमाडौं। प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरले प्रहरीको सरुवा, वढुवामा आर्थिक लेनदने गरेको, व्यापारीसँग असुल गरेको, तस्करबा पैशा उठाएको लगायतको ब्यहोरा खुलाउँदै कारबाहीको लागि माग भएका उजुरीहरु राज्यका माथिल्लो निकायमा परेका छन्।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समिति स्रोतअनुसार प्रहरी महानिरिक्षक कुँवरमाथि केदार भण्डारीसहितका पीडित प्रहरीहरुले बेनामे उजुरी समेत दिएका छन्।

महानिरिक्षक कुँवरबिरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा पनि उजुरी परेको छ।

कुँवरविरुद्ध उजुरी परेपछि पछि अख्तियारले छानबिन प्रक्रिया सुरू गरिसकेको स्रोतले बताएको छ।

कुँवरले गत साउन १० गते मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले २८९ जना लेखापाल सरुवा गर्दा प्रतिव्यक्ति २ देखि ७ लाखसम्म रुपैयाँसम्म असुलेको उजुरीमा उल्लेख छ।

कुँवर मधेश प्रदेशमा (डिआइजी) भएको बेला हुन्डी कारोबारी र तस्करबाट नियमित उठाउन आफूअनुकूलका एसपीहरू पठाएको उजुरीमा दाबी गरिएको छ।

पूर्वएआइजी श्यामलाल ज्ञवालीसँग आर्थिक लाभ लिएर छानबिन तुहाएको पनि उजुरीमा उल्लेख छ।

आईजी कुँवरले गत असोज ७ गते मोटो रकम असुलेर एकै दिन ४१ जना प्रहरी उपरीक्षक (एसपी) र १४३ जना नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको पनि उजुरी उल्लेख छ।

आईजीपी कुँवरलाई दक्षकुमार बस्नेतले २० लाख, राजकुमार श्रेष्ठले १५ लाख, जयश्वर रिमालले ३० लाख र दानबहादुर थापाले ३ लाख रुपैयाँ बुझाएका उजुरीमा उल्लेख छ।

कुँवरले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी भएको बेला तस्करीमा संग्लन चिनियाँ नागरिकविरुद्ध अपरेशन चलाएर करोडौं उठाएको र रबी लामिछाने गृहमन्त्री भएको बेला उनका स्वकीय सचिव दीपक बोहोरासँग सरुवा र बढुवामा आर्थिक लेनदेन गरेको आरोप पनि लागेको छ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ आश्विन २१, १३: २०

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

नेपाल बैंकले मनायो ९०औँ वार्षिकोत्सव, उत्पादनशील क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको जोड
नेपाल बैंकले मनायो ९०औँ वार्षिकोत्सव, उत्पादनशील क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको जोड
  • २०८१ आश्विन २१, १३: २०

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ आश्विन २१, १३: २०

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....