
विर्तामोड। झापाको बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईका समर्थकहरुको आगजनीमा परेर घाईते भएका उक भारतीय ट्रक चालकको मृत्यु भएको छ।
गत असोज ७ गते बिहान बिर्तामोड नगरपालिका–६ स्थित पूर्वपश्चि लोकमार्गको गिरीबन्धु टी–इस्टेट नजिक सुनसरीको दुहबीबाट जुट पुर्याएर पूर्वतर्फ आउँदै गरेको भारतीय ट्रकमा दुर्गा प्रसाईका समर्थकले आगजनी गरेका थिए। उनीहरु आगजनी गरी फरार थिए।
आगलागीबाट ट्रकका चालक भारतको पश्चिम बंगालस्थित छप्रा उत्तर दिनाजपुर बस्ने ४० वर्षीय पदा राय घाइते भएका थिए।
उनलाई उपचारको लागि बीएण्डसी अस्पतालमा उपचार गराई थप उपचारका लागि नर्थ बंगाल मेडिकल कलेजमा लगिएकोमा गए राति उनको मृत्यु भएको थियो।
चालक रायको मृत्युपछि उनका आफन्तले आइतबार डेढ घण्टासम्म शवलाई नेपाल–भारत सिमानामा ल्याएर सडक अवरुद्ध गरेका थिए।
घटनामा संलग्न भएको अभियोगमा प्रहरीले प्रसाईंले गठन गरेको नागरिक प्रतिरक्षा बलका झापा संयोजक भीम तुम्बापोसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।
भारतीय प्रहरीले नेपाल प्रहरीसँग सहजीकरण गरी मृतकको शव नेपाल ल्याइएको हो।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...